back
CTIZAN AD

सन्दिपको ३ विकेटसँगै दिल्ली क्यापिटल विजयी

वि.सं.२०७६ वैशाख ८ आइतवार

576 

shares

८ बैशाख, काठमाडौ । शनिबार राति भएको इण्डियन प्रिमियम लिग आइपियलको खेलमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल विजयी भएको छ ।

क्रिकेटर सन्दिप लामिछानेको तीन विकेटसँगै दिल्ली क्यापिटलले शनिबार छैटौ जित हासिल गरेको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा दिल्ली क्यापिटलले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो । किंग्स ११ पन्जावलाई ५ विकेटले हराएको हो । यो सँगै १० औं खेलमा दिल्ली क्यापिटलको छैटौं जित हो भने पंजावको पाँचौ हार हो ।

पहिलो ब्याटिङ गरेको पन्जवले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । साथै १६४ रनको लक्ष्य पाएको सन्दिपको टिम दिल्ली क्यापिटलले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै छैटौ जित हासिल गरेको हो ।

दिल्ली क्यापिटलको जितका लागि कप्तान श्रेय अयेरले ४९ बलमा पाँच चौका र एक छक्काको सहयोगमा सार्वाधिक ५८ रन बनाउन सफल भएका थिए भने श्रेयसले दोस्रो विकेटका लागि ४१ बलमा ७ चौका र एक छक्का सहित ५६ रन बनाएका थिए । साथै ओपनर शिखर धवनसँग मिलेर ९२ रन जोड्दै दिल्लीको जितको आधार बनाएका थिए ।

वि.सं.२०७६ वैशाख ८ आइतवार ०९:३६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...