back
CTIZAN AD

पाँचवर्ष पछि उज्यालियो टुलिङ्ग गाउँ

वि.सं.२०७६ वैशाख ८ आइतवार

579 

shares

 

८ बैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् ।

हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् ।

टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो किस्ता रु एक लाख ५७ हजार खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन् ।

हिल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताए ।
टुलिङ्ग गाउँका ३१ घरधूरीले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उनले जानकारी दिए । ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुसी लागेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाउँमा पाँच वर्षपछि हिल्दुम वितरण केन्द्रको लाइन पुग्दा बालबालिकालाई रातिको समयमा अध्ययन गर्न सहज हुने भएको वीरबहादुर शाहीले जानकारी दिए । रासस

 

वि.सं.२०७६ वैशाख ८ आइतवार ०९:५९ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...