८ बैशाख, चितवन । पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–१३ स्थित ढुङग्रे खोलामा पौडी खेल्ने क्रममा रत्ननगर नगरपालिका ५ बस्ने ३३ वर्षीय निराजन रिजालको शनिबार साँझ मृत्यु भएको हो ।
स्याङजा, अर्जुन चौपारी गाउँपालिका–१ स्थित मामा घरमा बस्दै आएका नवलपरासी बर्दघाट नगरपालिका–५ कुकुरमारा घर भएका २८ वर्षीय बिजय सुनारको सोही स्थानमा रहेको माछा पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त पोखरीमा डुबेर अशक्त भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
वि.सं.२०७६ वैशाख ८ आइतवार १३:२८ मा प्रकाशित