back
CTIZAN AD

आगलागीमा परेर एकको मृत्यु ५ लाखको धनमाल नष्ट

वि.सं.२०७६ वैशाख ८ आइतवार

576 

shares

८ बैशाख, काठमाडौं । धादिङमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ आपँटार बस्ने जितबहादुर चेपाङको ३ वर्षीया छोरी मञ्जु चेपाङको जलेर मृत्यु भएको हो । घरमा कोही नभएको अवस्थामा घर नजिकै रहेको टिनले छाएको बाख्राको खोरमा खेल्ने क्रममा परालमा शनिबार बिहान आगलागी हुँदा उक्त आगोले जलेर बालिकाको मृत्यु भएको हो ।

त्यस्तै सुर्खेतमा भएको आगलागीमा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, चिङगाड गाउँपालिका ६ ताम्का बस्ने टेकबहादुर वलीको कच्ची घरमा शनिबार दिउसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १३:३१ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...