back
CTIZAN AD

युएइमा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

वि.सं.२०७६ वैशाख ८ आइतवार

567 

shares

युएइमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि युएई ७ महिना अघि युएई आएका रामहरि रुम्बाको सुतेकै अवस्थामा ज्यान गएको छ ।

इन्द्रसरोबर–४ मकवानपुरका रुम्बाको १६ अप्रिलका दिन मृत्यु भएको हो । सोहि दिन दिउँसो काम सकेर कम्पनीबाट फर्किएका उनी खाना खाएर सुतेका थिए । बिहान ड्युटी जाने बेलासम्म पनि उनी नउठेपछि उठाउन खोज्दा ओछ्यामै मृत भेटिएको एउटै कोठामा बस्दै आएका उनका काका समिप रुम्बाले जानकारी दिएका छन् ।

नीड इम्लोइमेन्ट शर्भिसेजमार्फत् सामान्य कामदारका रुपमा युएई पुगेका ३० वर्षीय रुम्बा फुजेराहस्थित डिब्बामा रहेको खानबोली इलेक्ट्रोमेकानिकल कम्पनीमा कार्यरत थिए ।
रुम्बाको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन भने उनको शव खुरफकान अस्पतालमा राखीएको र कम्पनीसँग समन्वय गरिरहेको पनि सोहि क्षेत्रमा कार्यरत नवलपुर सेवा समाजका सल्लाहका शेर सुनारले जानकारी दिएका छन् ।

उनको परिवारमा श्रीमतीसहित ९ वर्षीय छोरा र ४ वर्षीया छोरी रहेका छन् ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १६:२३ मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...