back

‘ओली राजनीतिक हत्यारा हुन्’

वि.सं.२०७६ वैशाख ८ आइतवार

36 

shares
सिपी मैनाली,महासचिव,नेकपा माले

०२८ सालको झापा विद्रोह टुट र फुटमा रहेका कम्युनिष्ट पार्टीहरुलाई एकिकृत गरेर नेकपा माले बनाउने अभियानका नायक सिपी मैनाली अहिले त कतै देखिनु हुन्न, सुनिनु हुन्न, आफै हराए जस्तो लाग्दैन तपाइलाई ?
तपाइले उठाएको विषयमा आशिंक दम छ । अहिले म संलग्न रहेको नेकपा माले सानो पार्टी बनेको छ । ०७४ सालमा सम्पन्न आम निर्वाचनमा हामीले हाम्रै कारण र विरोधि बैरीहरुका कारण ‘सेट व्याक’ खायौं । यसले गर्दा हामी अहिले कुनै प्रतिनिधिमुलक फोरममा छैनौं । संसद लगायतका जनप्रतिनिधि फोरममा पार्टी नहुँदा कतै हराएको, पार्टी नै नभएको जस्तो लाग्नु स्वभाविक हो । तर, हामीले निष्ठापूर्वक जनता, राष्ट्र र जनजीविकाका विषय उठाइरहेका छौं । सडकमा जनताको विचमा छौं । अनि माक्र्सवादी कम्युनिष्ट भावनाको अक्षरस पालना गरिरहेका छौं ।

थोरै पुराना कुराहरु सम्झियौं, तपाई एउटा जमिन्दार वर्गमा जन्मिएको मान्छे कम्युनिष्ट पार्टीतर्फ कसरी आकर्षित हुनुभयो ?
कति जमिनका मालिक जमिन्दार हुने भन्ने त्यो परिभाषा खोलौला, तर म खान पुग्ने परिवारमा जन्मिएको भने अवस्य हो । सवाल रह्यो कम्युनिष्ट पार्टीमा कसरी लागे भन्ने, म सानैदेखि विद्रोही चेत भएको मान्छे । खान नपाएका, लुगा लाउन नपाएको, औषधि मुलो नपाएर मरिरहेका मान्छे देख्दा मलाई सानैदेखि असाध्यै पीडा हुन्थ्यो । तेह्रथुममा रहँदा, झापामा झरेपछि वा काठमाडौं आएपछि पनि म वाम माहौलमै रहे । सायद मेरो चेतना र म रहेको माहोलले मलाई कम्युनिष्ट बन्न अभिप्रेरित गरेको हुनुपर्छ ।

काठमाडौं कति सालमा आउनु भयो ?
०२५ सालमा प्रवेशिका परीक्षामा बोर्ड पाँचौ भएपछि मलाई मेरो बुवाले काठमाडौं पढ्न पठाउनु भयो । काठमाण्डौं आएर अमृत साइन्स कलेजमा भर्ना भए र त्यहिबाटै प्रमाणपत्र तह अध्ययन सकाएर म फेरि झापा नै फर्किए ।

फेरि झापा फर्कनुको मक्सद ?
क्रान्तिकारी चेतनाको विकास भइसकेको थियो । अनि झापाको महेशपुर र परासीको सुस्ता अतिक्रमणको चपेटामा नेपाल थियो । अन्तराष्ट्रिय रुपमा श्रमिक र कम्युनिष्ट आन्दोलन उर्जामय थियो । देशमा किसानहरु चेपुवामा थिए । गरिबी बढिरहेको थियो । यी कारणहरुले ममा झापामै बसेर जनमुक्ति आन्दोलनमा सहभागी बन्ने चेतना पलायो । अनि मेची क्याम्पसमा स्नातक पढ्दै गर्दा स्थानीय राजनीतिमा संलग्न भए ।

अहिले फर्किएर हेर्दा झापा विद्रोहलाई कसरी हेर्नुहुन्छ ?
झापा विद्रोह नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनको टर्निङ पोइन्ट हो । यहि आन्दोलनको उभारले फुट्दै गरेका कम्युनिष्टहरुलाई एकिकृत गरायो । निरंकुश शासन विरुद्ध जनतालाई जागरुक बनायो । यो हिंसाको विरुद्ध प्रतिहिंसा थियो । यसका केही नकारात्मक पाटाहरु पनि रहे । हामीमा बढी क्रान्तिकारी जोश रह्यो । सम्बन्ध विस्तारमा कहि कतै चुक्यौं । परिणामत हामी हाम्रो मिसनमा सफल भएनौं । तर, जे भएपनि हामीले यहि आन्दोलनबाटै देशभरी क्रान्तिकारी उभार ल्याउन सफल भयौं ।

झापा विद्रोह र जेल ब्रेकले तपाइलाई हिरो बनायो । तर, यो हिरोइज्म लामो समय टिकाउन सक्नु भएन नि, किन होला ?
झापा विद्रोह हिंसाका विरुद्ध प्रतिहिंसा थियो । हामीमा तत्कालै कम्युनिष्ट सत्ता स्थापना गर्ने मनोगतवादी सोच थियो । यसैले नेपालमा बामपन्थी सोचको व्यापक विस्तार गर्यो ।

यहि आन्दोलनकै बलले हामीले विभिन्न धारमा विभाजित कम्युनिष्ट घटकलाई एकिकृत गर्न सफल भयौं । यसकारण नेकपा माले बनिरहँदा म महासचिव बन्ने कुरा तर्कपूर्ण र जायज थियो । अव सवाल रह्यो म सधै नेतृत्वमा किन रहन सकिन भन्ने । मैले, धेरै साथीहरुलाई विस्वास गरें । खासगरी तत्कालीन नेकपा मालेभित्र मसाल प्रेरित समुह प्रभावि रहेछ । पार्टी छुट्टाछुट्टै छ तर विचार एउटै बोक्ने साथीहरुको जमात माले भित्र हावी भयो ।हामीले, हामी भन्दा दक्षिणपन्थी मानेका मसालहरुले जनमत संग्रह ०३६ बहिष्कार गर्ने घोषणा गरे । म यहि पार्टीको महासचिवको रुपमा जनमत संग्रहलाई प्रगतिशील मान्थे । तर, माधब कुमार नेपाल, जिवराज आश्रितहरुले के बुझे कुन्नी मालेले पनि जनमत संग्रह बहिष्कार गर्ने बताउन थाले । पार्टीभित्र बहस भयो । मसँग भेट्दा माधब, जीवराजहरु कन्भिन्स हुने अनि बाहिर गएपछि विरोध गर्न थाले । यसो भएपछि मैले पार्टीको केन्द्रीय कमिटीमा छलफल गरौं, म अल्पमतमा परे राजीनामा दिन्छु पनि भने । पछि म जनमत संग्रहको पक्षमा भएकै कारण अल्पमतमा परे । मैले महासचिव पदबाट राजीनामा दिदा पनि मेरो राजीनामा अस्विकार गरेर साथीहरुले मलाई पदबाट हटाउने निर्णय गरे ।

यो कसरी सम्भव भयो ?
मैले गरेको विस्वासका कारण यस्तो सम्भव भयो । मैले तीन महिना अगाडि नै अल्पमतमा परे राजीनामा दिन्छु । मेरो विकल्प खोज्नुस् भनेर भनेकै थिए । गण्डकीमा भएको बैठकमा साथीहरुले हामीलाई एक्लै बस्न दिनुस् भने । मैले विस्वासका साथ केही साथिहरुलाई म विनाको बैठक बस्न दिए । यो नै मेरो ठूलो गल्ती भयो । साथीहरु एकैदिनमा म विरुद्ध खनिए । मेरो राजीनामा अस्विकार गरेर मलाई महासचिवबाट हटाउने निर्णय गरे ।

त्यसपछि पनि पटक-पटक नेतृत्वमा आउने प्रयास त गर्नु भयो नि ?
त्यो स्वभाविक थियो । हामीमा राजनीतिक स्वतन्त्रता र पार्टी स्वतन्त्रताको पक्षमा लामै बहस रह्यो । ०४६ सालको चौथौ महाधिबेशनमा केपी ओली मेरा विरुद्ध खनिए । मेरो राजिनामा अस्वीकार गरेर मलाई महासचिवबाट हटाउने निर्णय गरे ।

त्यसपछि पनि पटक-पटक नेतृत्वमा आउने प्रयास त गर्नु भयो नि ?
त्यो स्वभाविक थियो । हामी राजनीतिक स्वतन्ता र पार्टी स्वतन्त्रताको पक्षमा लामै बहसमा रह्यौं । ०४६ सालको चौथो महाधिबेशनमा केपी ओलीले मेरा विरुद्ध कुनै षडयन्त्र गरे । बाहिर मसँग मिलेजस्तो गरेर भित्र मेरो राजनीतिक हत्या गर्ने प्रयास गरे । ओलीको यो विजय पिसाबको न्यानो हो । मेरो पराजय र ओलीहरुको विजय क्षणिक हो । म अहिले पनि मेरो ठाउँमा छु । तर, ओलीको स्खलन सबैले देखेकै छौं ।

०४६ को भदौमा तपाइलाई अल्पमतमा पारेपनि कार्तिकमा त तपाइकै पार्टी स्वतन्त्रताको कार्यक्रम पास भयो नि ?
हो, यो कम्युनिष्ट पार्टीको विडम्वना हो । हिजो सम्म मदन भण्डारीहरु पार्टी स्वतन्त्रताको विरोधमा थिए । तर, कहाँबाट के चेत आयो कुन्नी, कात्तिकमा मेरो प्रस्ताव सर्वसम्मत भयो र देशमा प्रजातन्त्र आयो ।

पछि त तपाई तिनै ओलीको सरकारको सबभन्दा ठूलो पक्षपोषक पो बन्नु भयो ?
हेर्नुस्, म असाध्यै राष्ट्रवादी मान्छे । ०३७ को जनमत संग्रहको पक्षमा लागेको मेरो राष्ट्रवादी सोचकै कारण हो । शान्ति क्षेत्रको प्रस्तावको विश्लेषणात्मक समर्थन गर्नका पछाडी पनि यहि कारण छ । ०७२ मा जनताले जारी गरेको संविधान विरुद्ध भारतीय नाकाबन्दी भयो । त्यसको विपक्षमा ओली पनि उभिए । त्यहि सरकारको उपप्रधानमन्त्री पनि भएका कारण मैले त्यो सरकारको बचाउ गर्न जायज थियो ।

त्यो सरकारमा जानु गलत थियो जस्तो लाग्दैन ?
हामी त राम्रो गर्न, भारतीय विस्तारवादको विरोध गर्न त्यो सरकारमा गएका थियौं । तर, ओलीहरु चित्र बहादुर जी र मलाई सिध्याउन लागेका रहेछन् । यसबाट मैले ठूलै पाठ सिक्न पाए ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १६:३८ मा प्रकाशित

एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जनजीवन नराम्ररी...

‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’

‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’

वासुदेव पौडेल । गण्डकी, “भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो ।...

‘संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन सकेनन्’

‘संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन सकेनन्’

सृजना राई, काठमाडौँ । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको...

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद

वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक...