back
CTIZAN AD

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०७६ वैशाख ९ सोमवार

582 

shares

९ वैशाख, तनहुँ । बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कुवँर रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प।६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडि सवार पोखरा महानगरपालिका–७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको उनले बताए ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १३:०२ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...