back

राप्रपाद्धारा तीन सदस्यीय वार्ता समिति गठन

वि.सं.२०७६ वैशाख ९ सोमवार

30 

shares

९ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको पहलकदमीलाई सकारकात्मक मान्दै तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

राप्रपाले सरकारसँग वार्ताका लागि दिपक बोहोराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा रहेको वार्ता समिति गठन गरेको हो ।

राप्रपाले फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले बैशाख १० गते मंगलबारका लागि वार्ताका लागि पत्र पठाएको भन्दै उक्त पहलकदमीलाई सकारात्मक रुपमा लिएको राप्रपाले जनाएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आज सरकारसँग वार्ता गर्न पार्टीका नेता दिपक बोहोराको संयोजकत्वमा महामन्त्री मा. राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा रहनु भएको ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।’

वि.सं.२०७६ वैशाख ९ सोमवार १३:१५ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...