१० बैशाख, सिरहा । स्थानीयतहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश विद्यालयले विद्यार्थीलाई पाठ्पुस्तक उपलब्ध गराउन सकेका छैनन् ।
जिल्लाको १७ मध्ये ११ वट स्थानीयतहले पाठ्पुस्तक र छात्रवृत्तिको पैसा विद्यालयलाई अझै दिएका छैनन् ।
यसबाट तीनसय ३५ विद्यालयको भर्ना अभियान प्रभावित भएको छ ।
७६ हजार भन्दा बढी विद्यार्थी समयमै पाठ्पुस्तक पाउनबाट वञ्चित भएका छन् । शिक्षा समन्वय इकाइ सिराहाको तथ्यांक अनुसार पाठ्पुस्तकको रकम निकासा नभएका तीन सय ३५ विद्यालयलमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् ।
मंगलबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:२२ मा प्रकाशित