१० बैशाख, काठमाडौ । कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हो । सेवाग्राहीको भिड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर, तपाईँ ललितपुरको एकान्तकुना स्थित यातायात व्यवस्था विभागको कार्यालयमा पुग्नु भयो भने अवस्था फरक पाउनु हुनेछ । त्यहाँ तीन नबज्दै कर्मचारीहरु हिँडिसक्छन् ।
सेवाग्राहीको बढी भिड हुने ठाउँ हो, यातायात कार्यालय । चालक अनुमति पत्र लिनेदेखि नविकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहि हो । दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ । मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ । कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ ।
तीन बजेपछि त कर्मचारी भेट्टाउनै मुस्किल हुन्छ । नविकरण, राजस्व काउन्टर, लाइसेन्स एप्रोभ, अन्तिम फारम बुझाउँने ठाउँ लगायत अधिकांश कार्यालयमा कर्मचारी भेटिदैनन् । मंगलबारको अन्नपूर्णपोस्ट दैनिकमा खगेन्द्र भण्डारी र सुवास गौतमले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:३२ मा प्रकाशित