
१० बैशाख, काठमाडौं । नेपाली कामदार तत्काल जापान जान नपाउने भएका छन् । जापान रोजगार सम्बन्धी संयन्त्र तयार नभएका कारण तत्काल कामदार जापान जान नसक्ने अवस्था आएको हो । रोजगारीका लागि जापानले संरचना प्रक्रिया अगाडि बढाएको छ ।
भाषाका लागि जापान फाउन्डेशन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसियसनले परीक्षण गर्नेछन् । नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायीक एसोसिएसन तयार नभएको बताइएको छ ।
भाषा, सीप परीक्षामा उत्र्तीणको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन् । आफूले उत्र्तीण गरेको सीप र भाषाको प्रमाणपत्रको आधारमा जापानी रोजगारदाता सँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौता पत्रका आधारमा मात्र सम्बन्धीत कामदारलाई भिषा उपलब्ध हुन्छ । मंगलबारको अन्नपूर्णपोस्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:४७ मा प्रकाशित






























