
१० बैशाख, काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं बार्षिकोत्सब कार्यक्रमको मन्चमा नौ वटमा कुर्सी राखिएका थिए ।
सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुईटा विशिष्ट खालका कुर्सी थिए–सोफावाला । अरु सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो ।
झण्डै १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेल एकैपटक भित्रिए । उनीहरु हलमा छिर्नेबित्तिकै हुटिङ भयो । उनीहरुले अभिवादन गरे । त्यसअघि नै वरिष्ठ नेता झलनाथ खनाललगायतका मन्चमा पुगिसकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए ।
पार्टीको वरिष्ठता क्रममा ओलीको दायाँ सिटमा खनाल र बाँया सिटमा वामदेव गौतम बसेका थिए । खनाल भन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयो । नेपाल पार्टीका वरिष्ठता क्रम ख्याल गर्ने नेतामा पर्छन् ।
महासचिव विष्णु पौडेलले दुई जना अध्यक्षले मात्र सम्बोधन गर्ने भन्दै अध्यक्ष दाहाललाई मन्चमा बोलाए । जब ओली र दाहालको मात्र मञ्च पाउने घोषणा भयो, नेता नेपाल मञ्चबाट बाहिरिए । मंगलबारको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:५८ मा प्रकाशित





























