back
CTIZAN AD

मेयर गाईगोठमा, बुढो किसान मख्ख

वि.सं.२०७६ वैशाख १० मंगलवार

450 

shares

१० वैशाख । सुनसरीको इटहरी ५ धनगंगा टोलका ७३ वर्षीय हरिप्रसाद आचार्य बिहनै गाई दुहुँदै हुनुहुन्थ्यो, इटहरीका मेयर द्वारिकालाल चौधरी गाईगोठमै टुप्लुक्क पुग्नुभयो । स्थानीय सरकारका प्रमुख गाईगोठमै आइपुग्दा आचार्य छक्क पर्नुभयो । मेयरसाब गोठमै आउँदा निकै खुशी लाग्यो, आचार्यले भन्नुभयो, म नगरपालिका जाउँ भने कता हो, के हो भेट्न पाइएला नपाइएला भनेर कहिल्यै गइनँ, आफै आउनुभयो, बुढो किसानको मन खुशी भयो ।

आचार्यको छोराबुहारी लाखापाखा लागिसकेका छन् । घरमा उहाँ र श्रीमती मात्र हुनुहुन्छ, तैपनि १२ माउ गाई पाल्नु भएको छ । बुढेशकालमा उनीहरु दुवै जना खुब खटेर गाईको स्याहारसुसार गरिरहनु भएको छ । अहिले पनि उहाँका छ माउ गाई त दुहुना नै छन् । यो उमेरमा त्यत्ति धेरै गाई पालेको सुनेर भेट्न गएको मेयर चौधरीले बताउनुभयो । ज्येष्ठ कृषक आचार्यले अहिलेसम्म आफूलाई कतैबाट केही सहयोग प्राप्न नभएको मेयर चौधरीसँग गुनासो पोख्नुभयो । मेयर चौधरीले आफू पनि किसानकै छोरो भएकाले किसानको समस्या दुःख राम्ररी बुझेको बताउनुभयो । बिहान उठेर आफू पनि कुटी काट्ने र गाईको गोबर सोहोर्ने गरेको सुनाउनुभयो, समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०८:४१ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...