back

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त

वि.सं.२०७६ वैशाख १० मंगलवार

45 

shares

१० बैशाख, राँझा : नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो ।

कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताएका छन् । उनले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिए ।

आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए । घटनास्थलमा पुग्नुभएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, राति करीब ९ बजेतिर शुरु भएको आगलागीबाट रु एक करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको बेला आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि तुरुन्तै आएको दमकलले सटर फोडेर आगोलाई नियन्त्रणमा लिएको थियो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएका कारण पछाडिपट्टि रहेको गोदाम सुरक्षित भए पनि पसल ध्वस्त भएकोे स्थानीयवासी छिमेकी दत्तप्रसाद आचार्यले बताए । आगो नियन्त्रणमा आइसकेपछि मात्र पसलका सञ्चालक दाहाल पुग्नुभएको थियो ।

नेपालगञ्जमा बितेको छ महीनायता मात्रै तीन पसलमा आगलागीका घटना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्यले जानकारी दिएका छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०९:२२ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...