back

महिला बिनानै किन सुहायो नेकपालाई त्यो मञ्च ?

वि.सं.२०७६ वैशाख १० मंगलवार

33 

shares

पुरूष मित्रहरूलाई केहि देखाउने पात्र, महिला सहभागिता बाहेक मुक्तिको प्रश्नले महिलालाई जति पक्कै सताउदैन । तर पदमा परेका अनि लड्न सक्ने महिलाहरूलाई पनि ५१५ भन्दा बढी महिलाहरूको मुक्तिको बिषयले किन सताएन होला ? किन सोच्न आएन होला ? पार्टीको के.स मा पनि निम्न सहभागिता बाहेक ३३५ पनि पुग्न गाह्रो देखियो । २१ औं शताब्दीको बिश्वमा ३३५ मा अटाउन नसकेका महिलाहरू बिश्व महिला मुक्तिको बिषयमा कसरी लड्ने हिम्मत गर्नुहोला ?

एक जना कामरेडलाई,
कामरेड आज डबल नेकपाको मंञ्चमा एक जना महिला कामरेड पनि देखिएन किन ? भनेर सोध्दा ‘यति ठूलो पार्टीमा पनि महिला मात्र खोजेर बसेर हुन्छ कामरेड ? महिलाले महिला मात्र खोज्ने ? ७७ जिल्लामा ३ त दिएकै छ त अब पहिले त्यतिमा काम गरेर देखाउनु पर्यो नि ! त्यस्तो भन्ने हो भने तपाईनै भन्नुस कसर्ी सबैलाई भाग पुर्याउनु हुन्छ ? तपाई जहिले महिला महिला भन्नुहुन्छ, माओवादी छोडेपछि पनि तपाईमा यो रोग हटेको छैन ? यो रोग हटाउन पर्यो नयाँ ढंगबाट सोच्नुपर्यो भन्दै उल्टो रोगको संज्ञा दिदै,रोग हटाउने सल्लाह पो दिनुभो ।

नयाँ भनेको के ? महिला बिनाको संगठन ? घरमा अनिवार्य बनेकी आमा बाहिरी राजनैतिक संगठनमा हुनुपर्दैन ? नेताको पुजा गर्ने अनि नेताले तथास्तु गरिदिने हो ? जे दिन्छन भगवानले दिन्छन भन्ने हो ? होईन भने किन यो देखिदैछ ? हिजोको लडाई आन्दोलन के का लागि थियो ? २ र ४ जना सत्तामा पुगेपछि बाँकी सबै माथि साशन गर्ने हो ? दुई तिहाई कम्युनिस्ट भनिने शाषनमा पनि परिवर्तनका लागी बैचारीक क्रान्ति शून्य र प्रतिक्रान्ती पटक–पटक देहेरिने खतरा भैरहेछ । यो शाषनमा अझै पनि ,अन्धभक्त बन्ने सपथ खाँदै बेजोडले ताली पिट्ने मात्र हुदैछ । दलाल पूँजीवादले क्रान्तिकारी महिलाहरूलाई पनि उपभोगको बस्तु बनाउदै क्रान्तिकारी आवाज बाहीर आउने नदिने बनाउदै छ । यो कुरामा किन महिला आँफै सजग देखिदैनन् ? महिलाहरूमा दास बन्ने प्रबृत्ति किन दोहोरिदैछ ?

महिलाको सवाल हरेक समाजको आन्दोलनमा सहभागितामुलक मात्र होईन अनिवार्य नै हो । तर यहाँ, अनिवार्यता त कहाँ कहाँ सहभागिता सम्ममा पनि महिलाहरू परेनन् । सहभागीतामा पनि पार्टीहरूले निर्णय गरेको र घोषणापत्रमा भएको ३३ प्रतिशत अनिवार्य हुनुपथ्र्यो । तर यो पूर्व माओवादीले आफैले उठाएको एजेण्डा आफ्नै पार्टीमा पनि कहिले लागू गर्न खोजेन । किनकि, नेकपाको दक्षिणपन्थी फाँसिबादी शैलितिर राम्रै गरि जाँदैछ । त्यसैले बर्गीय मुद्दा धराशाही बन्दैछ । महिला सहभागिता पनि घट्दो स्तरमा जाँदैछ ।

पुरूष मित्रहरूलाई केहि देखाउने पात्र, महिला सहभागिता बाहेक मुक्तिको प्रश्नले महिलालाई जति पक्कै सताउदैन । तर पदमा परेका अनि लड्न सक्ने महिलाहरूलाई पनि ५१ प्रतिशत भन्दा बढी महिलाहरूको मुक्तिको बिषयले किन सताएन होला ? किन सोच्न आएन होला ? पार्टीको के.स मा पनि निम्न सहभागिता बाहेक ३३ प्रतिशत पनि पुग्न गाह्रो देखियो । २१ औं शताब्दीको बिश्वमा ३३ प्रतिशतमा अटाउन नसकेका महिलाहरू बिश्व महिला मुक्तिको बिषयमा कसरी लड्ने हिम्मत गर्नुहोला ? आमाको नामबाट नागरिकताको बारेमा कसरी बोल्नुहोला ? महिला आन्दोलन दासता तिर किन ढल्किदै छ ? यो बढो गंभीर कुरा हो ।

सहि र बैज्ञानिक संगठन प्रणाली नहुने कुराले सबैको अस्तित्व सहितको सहभागितालाई अटाउन सक्दैन । एकाएक सबै मिलाउने नाटकको प्रपन्च बाहेक नेतृत्वले अरू गर्न सक्दैन । बिचारमा शून्य, गुटगत कार्य बिभाजनमा मात्र केन्द्रित पार्टीमा यो भन्दा फरक आशा गरि निरासा हुने कुरै छैन । ५१ प्रतिशत भन्दा बढि महिलाको मुक्तिको प्रश्नलाई नेकपाले कसरी हेरेको छ भन्ने मुख्य प्रश्न हो । सिङगो पार्टी सँगसँगै यो प्रश्नको जवाफ,पद पाउने महिला बाहेक पदविहिन महिलाहरूको मात्र पनि होईन ।

कम्युनिस्ट पार्टीको जनवर्गीय संगठनको निर्णय पार्टीको नेताहरुले गर्ने परिपाटीको उदयसँगै हरेक जनवर्गीय संगठन चिडिया खाना जस्तो बनेका छन् । बाहिर निस्कने चेष्टा गरेका उनीहरू मालिकको अनुकूलतामा बाहिरी बाताबरण हेर्न मात्र पाउँछन । थुनेर राखेको आफु भन्दा बलियो भएको कारण बाहिर निस्किएपछि आफैलाई खान्छ भन्ने डरले शाहुले जालीबाट हेर्न दिने बाहेक बाहिर कहिले निकाल््दैन ।

यहाँ महिलालाई अधिकार दियो भने आफैलाई खतरा हुन्छ दिन हुन्न भन्ने पनि धेरै छन । अर्कोतिर महिलाहरू चुपचाप सहिदिन्छन । किनकि ति, महिलाहरू पनि कुनै न कुनै गुटको सेटिङमा छन । जहाँ केहि बोल्यो कि अलिकति भएको पद पनि खुस्किने खतरा देख्छन । स्बन्तन्त्र भएर बहस गर्ने महिलाहरू कमि हुदै गईरहेको छ । ७७ मा ३ स्थान पाएपछि बोल्ने भन्दा बधाई थाप्ने र खुशी हुने भएका छन । यस्तै बनेको छ डबल नेकपामा भर्खरै सम्पन्न जिम्मेवारी बाँडफाडमा महिलाहरू स्थान । महिला संगठन आफ्नो नेताको गुट चलाउन पर्न सक्ने अप्ठेरोलाई हेरेर कहिले सम्म उपभोगको बस्तु बन्दै चुप रहन्छन ? यो कुराको भन्डाफोर नगर्दा सम्म महिला मुक्तीको नारा संभव छैन ।

महिला मुक्तीको प्रश्न जब सम्म बर्गीय आन्दोलन र मुक्तीको बिषय बनेको छैन । अहिले सम्मको इतिहासमा सहभागिता मात्र छ । अनिवार्य न कुनै क्रान्तीमा बन्यो न त कुनै पार्टी संगठनमा । अनिवार्य नबन्दा सम्म हरेक पार्टीमा यस्तै डबल नेकपामा जस्तो हुन्छ । त्यसैले हामीले अस्तित्व सहितको बहस र कार्यदिशा बनाउदै बैज्ञानिक समाजवादी आन्दोलन छेडन अनिवार्य छ । जुन महिला आन्दोलन बर्गीय आन्दोलनसँगै मुक्तीको आन्दोलन हुनेछ ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १३:३४ मा प्रकाशित

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

पूर्वको पशुपतीका नामले समेत चिनिने प्रख्यापत धार्मिक तिर्थस्थलको नाम हो...