back
CTIZAN AD

बन विज्ञान पढ्न तनहुँ पुगे २२ जिल्लाका विद्यार्थी

वि.सं.२०७६ वैशाख १० मंगलवार

531 

shares

१० बैशाख, दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् ।

शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।

चालीस जनाको कोटा रहेको यस शिक्षालयमा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये २४ जना छात्र र १३ जना छात्रा रहेका छन् । पौडेलका अनुसार अधिकाँश छात्रछात्रा कर्णाली प्रदेशका छन् ।

उनले भने, – “त्यस क्षेत्रमा वन विज्ञानको पढाइका लागि सिट सङ्ख्या सकिए पनि विद्यार्थीहरु खोज्दै तनहुँसम्म आइपुगेका हुन् ।”

शिक्षालयमा अध्ययनरत जुम्लाका शैलेन्द्र बोहरा अध्ययन गर्न चाहनेलाई भेगले नछेक्ने बताउछन् । नेपालमा प्राविधिक शिक्षाको माग बढी भएकाले आफूले वन विज्ञानलाई अध्ययनका लागि रोजेको उनको भनाइ छ । उनले भने, – “आफ्नै ठाउँमा बसेर अध्ययन गर्ने चाहना त थियो तर, वन विज्ञान पढाइ भएका शैक्षिक संस्थामा सिट सङ्ख्या थिएन । पछि बुझ्दै जाँदा तनहुँमा रहेछ ।”

शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मातहत ११ जना र निजी स्रोतमा पाँच जना कर्मचारी कार्यरत छन् ।

शिक्षालयका प्रशिक्षक शिवभक्त सिग्देल जिल्लाको ग्रामीण भेगमा सञ्चालनमा आएको शिक्षालयमा समेत विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताउछन् । वन विज्ञानको तीन वर्षे कोर्षका लागि विद्यार्थीले रु ९२ हजार शुल्क तिर्नुपर्छ । टाढा–टाढाका जिल्लाबाट आएका अधिकाँश विद्यार्थी पुट्टार क्षेत्रमै डेरा लिएर बसेका छन् । तीन वर्षसम्मको अध्ययनका लागि करीब पाँच÷छ लाख रुपैयाँ खर्च हुने अनुमान शैलेन्द्रको छ ।

मन्त्रिपरिषद्बाट निर्णय भई सञ्चालनमा आएको प्राविधिक शिक्षालयको अहिलेसम्म आफ्नै भौतिक संरचना छैन । अहिले सोही ठाउँमा रहेको कृष्ण माध्यमिक विद्यालयमा वन विज्ञानको पढाइ भइरहेको छ । विद्यालयले वन विज्ञान सञ्चालनका लागि तीन वटा कोठा उपलब्ध गराएको छ । एउटा कोठा प्रयोगशालाका लागि प्रयोगमा ल्याइएको छ भने दुई वटा कोठामा अध्ययन अध्यापन हुन्छ । शिक्षालयको प्रशासनिक भवनका लागि स्थानीयवासी ऋषिबहादुर दरैको घर भाडामा लिइएको छ ।
उनले भने, “भौतिक संरचना अभावकै बीचमा पनि पढाइ शुरु गर्न सफल भएका छौं । कृष्ण माध्यमिक विद्यालयले पढाइ सञ्चालनका लागि ठूलो सहयोग पु¥याएको छ ।”

शिक्षालयले आगामी वर्षको दशै अगावै भवन निर्माण गर्ने तयारी थालेको छ । सोही ठाउँमा रहेको ७२ रोपनी जग्गा शिक्षालयको नाममा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

सोही जग्गामा तत्कालका लागि चार कोठे भवन निर्माण गर्ने तयारी भएको पौडेलले जानकारी दिए । भवन निर्माणका लागि सिटिइभिटीले रु ५० लाख विनियोजन गरेको छ ।

त्यसैगरी, स्थायी पूर्वाधार तयारीका लागि गण्डकी प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको छ ।

शान्तबहादुर श्रेष्ठ शिक्षा मन्त्रालयको सचिव भएका बेला कालीगण्डकी प्रााविधिक शिक्षालय यस ठाउँमा स्थापना गर्न सहयोग पुगेको थियो । श्रेष्ठ समग्र घिरिङ क्षेत्रको शैक्षिक उन्नयनका लागि प्राविधिक शिक्षालयले महत्वपूर्ण योगदान पु¥याएको बताउँछन् ।

उनी भन्छन् – “वन विज्ञानको जनशक्तिको नेपालमा ठूलो माग छ । त्यो मागलाई पूरा गर्न कालीगण्डकी प्राविधिक शिक्षालयले सहयोग पुग्छ ।”

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना भएर पढाइ शुरु हुनु खुशीको कुरा भएको बताउछन् । शिक्षालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका सक्दो सहयोग गर्न तयार छ ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १६:०३ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...