back

नर्वेको ओस्लोमा नयाँबर्ष २०७६ भव्यरुपमा मनाईयो

वि.सं.२०७६ वैशाख १० मंगलवार

33 

shares

‘जन्मभूमि र कर्मभूमिको बिशेष पहिचान सबै मिली समाजको सेवा गर्ने हाम्रो अभियान’ लाई आत्मसाथ गर्दै नर्वेमा स्थापना भएको सामाजिक संस्था नेपाली पोर्चुगिज समाज (नेपोस)ले नयाँवर्ष २०७६ को भव्य स्वागत गरेको छ ।

अप्रिल २१ का दिन  नर्वेको  राजधानी ओस्लोस्थित KANONHALLEN को हलमा सम्पन्न उक्त कार्यक्रमको सभापति पोर्तुगिज समाजका अध्यक्ष  रत्न सापकोटा, गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नर्वेका अध्यक्ष संजिव कुमार थापा र नेपाली पोर्तुगिज समाजका संरक्षक प्रेम परियारद्वारा पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्दघाटन  गरिएको थियो ।

नेपाली राष्ट्रिय धुनबाट सुरु गरिएको  सो कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष  चन्द्र प्रसाद गिरीले उपस्थित सबैलाई स्वागत गर्दै सामुहिक रुपमा शुभकामना दिएका थिए । साथै सभापतिको हैसियतले अध्यक्ष सापकोटाले  उपस्थित  सम्पूर्ण नेपाली दाजु भाई  दिदि बहिनीहरु, संघ संस्थाका प्रतिनिधिहरु, सम्पूर्ण  कलाकार तथा नेपालबाट आएका पाहुनालगायतलाई  आभार ब्यक्त गर्दै समाजको तर्फबाट नयाँ बर्षको शुभकामना शन्देश व्यक्त गरेका थिए ।

नर्वेमा स्थापित नेपाली संघसंस्था पारस्परिक सम्बन्धलाई अझ बढी  र फराकिलोर मजबुत पार्न सबै नेपालीहरुलाई समेटेर नेपोसले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिदै महासचिव नारायण सिंह थापाले संचालन  गरेका थिए ।

अन्तराष्ट्रिय क्षेत्रमा चर्चित कलाकार बिष्णु क्षेत्रीको साथमा  स्थानीय कलाकार गङ्गा प्रसाद घिमिरे, जयन्त राना, राजन परियारद्वारा  आधुनिक, लोक, पप गीतको बेजोड प्रस्तुतिले  हलमा  दर्शकहरुले भरपुर मनोरन्जन  दिलाएको थियो ।

विद्या क्षेत्री, रेशुमा मैनाली, रितिशा गौचन, राकेश खाती, राजन परियार  र एरिका देस्तिना कुकले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई  थप रोचक बनाएको थियो  । झण्डै ४५० जनाको बाक्लो उपस्थितिले  बिगत  ३५ बर्ष लामो इतिहासकै पहिलोपटक नेपालीहरुको  व्यापक जमघट भै  गरिएको एकआपसमा शुभ कामना आदान प्रदान कार्यक्रम  नर्वेका नेपाली समुदायबीच  निक्कै प्रसंसनिय र एतिहासिक बनेको  थियो ।

सो कार्यक्रममा अन्तराष्ट्रियस्तरमा चिर–परिचित कलाकार प्रमोद खरेलको बेजोड प्रस्तुतिले हल निक्कै गुन्जयमान भएको थियो भने सहभागीहरु उत्साहित हुदै भरपुर मनोरन्जन लिएका थिए ।सो अबसरमा दर्शकहरुको भिडलाई ब्यवस्थित गर्न  जुटेका १० सदस्यीय  स्वयं सेवक टोलीलाई भिड समाल्न हम्मे–हम्मे परेको  थियो  ।

नेपाली खाना र नेपाली पोशाकबाट सजिएर आएका दाजुभाइ दिदी बहिनीहरुबाट बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नेपोस परिवारको बिशेष योगदान र  संयुक्त प्रयासले  पूर्ण रुपमा सफल भएको थियो ।

कार्यक्रममा संयोजक किरण गुरुङ, प्रमुख अतिथि संजिव कुमार थापा रत्न प्रसाद सापकोटा र समाजका महासचिव नारायण सिंह थापा र सिंगो नेपाली पोर्तुगिज समाजको तर्फबाट बिभिन्न क्षेत्रमा योगदान गर्ने सबैप्रति आभार ब्यक्त गर्दै  कलाकार र स्वयंसेवकहरुलाई  मायाको चिनो  प्रमाणपत्र बितरण गरिएको थियो  ।   उक्त कार्यक्रम बिष्णु गौतमले संचालन गरेका थिए ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १८:२३ मा प्रकाशित

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...