back

आमासँगै गुजरातमा मतदान गरे प्रधानमन्त्री मोदीले

वि.सं.२०७६ वैशाख १० मंगलवार

30 

shares

१० बैशाख, अहमदाबाद, गुजरात ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनीकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् ।

प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल पुगेका थिए । शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार बनेका छन् । शाहले पनि गुजरातमै मतदान गरेका थिए ।

प्रधानमन्त्रीले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे । उनले आतङ्कवादीले प्रयोग गर्ने बिस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदान परिचयपत्र बढी शक्तिशाली रहेको पनि बताए ।

गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मङ्गलबार चुनाव हुँदैछ । गुजरातमा ३७१ जना चुनावी मैदानमा छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार १९:१६ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...