
११ बैशाख, काठमाडौं । नेपालमा चिनियाँ नागरिकले सञ्चालन गरेको होटल तथा पसलहरुले भिच्याट तथा अलिपेजस्ता चिनियाँ डिजिटल वालेटमार्फत् भुक्तानी लिने गरेका छन् ।
खासगरी चीन घुम्न आउँने पर्यटक चिनियाँ डिजिटल वालेटमार्फत् भुक्तानी लिने गरेका छन् ।
त्यसरी दिएको भुक्तानी सीधै चीनकै खातामा जाने हुँदा नेपालमा रकम मात्रै होइन, रेर्कड पनि रहँदैन् । नेपाल राष्ट्र बैंकको अनुमति विना हुने गरेको यस्तो भुक्तानी अबैधानिक हुने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंक भन्छ–गैर कानुनी हो तर, कारोबार रोक्न सकिदैँन
राष्ट्र बैंकले चिनियाँ डिजिटल वालेटबाट नेपालमा कारोबार हुनु गैरकानुनी भएको जनाएको छ । गैरकानुनी हुँदा हुँदै पनि तत्काल कदम चालेर नियन्त्रणमा लिन नसकिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक भीष्म ढुंगाना बताउँछन् । बुधबारको नायँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख ११ बुधवार ०७:३६ मा प्रकाशित






























