११ बैशाख, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणा बढी सुरक्षाकर्मी खटाइएको छ ।
पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’ मा काम गर्छन् । सईको कमाण्डमा नागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् ।
यता पूर्वराष्ट्रपतिको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपति भन्दा पूर्वराजालाई उच्च सुरक्षा दिन गणतन्त्रकै मर्मविपरीत भएको गृहका अधिकारीहरु बताउँछन् । संवेदनशीलताको आधारमा पनि पूर्वराजालाई २०–२५ जना प्रहरी प्रयाप्त हुने प्रहरी अधिकारीहरुको बताउँछन् । आजको नयाँपत्रिका दैनिकमा नवराज पराजुलीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ११ बुधवार ०७:४४ मा प्रकाशित





























