
११ बैशाख, काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ ।
रानीपोखरी पुनर्निर्माण गर्न १० बैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड÷कँडेल÷के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो ।
काम सुरु गर्न महानगरले दुई करोड तीनलाख भुक्तानी गरेको थियो । तर, पुरातत्व विभागले परम्परागत शैलीमा बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा ठेक्का रद्द भयो । जसका कारण निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरलाई नोक्सानी भएको महालेखाले औल्याएके छ । बुधबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख ११ बुधवार ०७:४९ मा प्रकाशित