११ बैशाख, काठमाडौं । सरकारले मुलुको सुरक्षा स्थितिमा सुदृढ भएको बताइरहेका बेला २०७५ सालमा अपराध जन्य घटना बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।
२०७४ सालको तुलनामा २०७५ मा अपराधजन्य शीर्षकमा मुद्दा दर्ता र अपराधमा संलग्न व्यक्तिको संख्यामा वृद्धि भएको तथ्यांक नेपाली प्रहरीले देखाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीका अनुसार २०७४ सालमा भन्दा ०७५ मा मुद्दा दर्ता र पक्राउ वर्नेको संख्यामा वृद्धि भएको हो ।
पेसेवर अपराधिले घटाउने घटना भन्दा सामाजिक विकृतिले अपराध बढेको तथा प्रहरीको सक्रियता, सञ्चार माध्यमको भूमिका , प्रहरीले सुरु गरेको प्रहरी –नागरिक साझेदारी कार्यक्रमले ल्याएको सचेतनाका कारण विगतमा जस्तो घटना लुकाउने वा मिलेमतोमा सुरल्झाउने संस्कार घटेकाले मुद्दा दर्ता र पक्राउको संख्या समेत बढेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार १ बैशाख २०७४ देखि चैत मसान्त सम्म प्रहरीमा कर्तव्य ज्यान सम्बन्धी अर्थात् हत्या सम्बन्धी ६०३ मुद्दा दर्ता भएकोमा ०७५ मा भने ६०८ मुद्दा दर्ता भएका छन् ।
त्यस्तै जर्वजस्ती करणी अर्थात् बलात्कारका घटना अत्यधिक बढेको पाइएको छ । २०७४ मा १ हजार २४५ मुद्दा दर्ता भएकामा ०७५ मा १ हजार ७६९ मुद्दा दर्ता भएका छन् ।
बुधबारको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ११ बुधवार ०८:०० मा प्रकाशित






























