११ बैशाख,सुर्खेत । कर्णाली प्रदेश सरकारले चिकित्सक अभावले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै केन्द्रसँग जनशक्ति मागेको छ ।
पहिलेदेखि नै दरबन्दी अनुसार जनशक्ति नभएको र कर्मचारी समायोजन पछि स्वास्थ्य सेवा रित्तिदै गएकाले तत्काल आवस्यक जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारले केन्द्र गुहारेको हो ।
मंगलबार प्रदेश अस्पताल पुगेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव समक्ष कर्णाली सरकारले स्वास्थ्य जस्तो क्षेत्रमा भएका जनशक्ति अन्यत्र पठाएर कर्णालीमाथि अन्याय भएको गनासो पनि गरेको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले समायोजनपछि कर्णालीका स्वास्थ्य क्षेत्र कर्मचारीविहीन भएको बताए । बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा गोविन्द देवकोटाले सुर्खेतबाट लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ११ बुधवार ०८:१६ मा प्रकाशित