back

को-को हुन् त नेकपाका यी ५६ भाग्यमानीहरु ?

वि.सं.२०७६ वैशाख ११ बुधवार

24 

shares

११ बैशाख, काठमाण्डौं । द्धन्द्धात्मक भौतिकवाद मान्ने अर्थात् अध्यात्मवाद अस्वीकार गर्ने नेकपाका नेता कार्यकर्ताहरुले नेकपा भित्र ५६ जना व्यक्ति भाग्यमानी रहेको टिप्पणी गरिरहेका छन् ।

नेपाल कम्युािष्ट पार्टीको अन्तरपार्टी निर्देशनमा उल्लेख दोहोरो जिम्मेवारी नहुने कुरालाई क्रमश खारेज गर्दै आएको सो पार्टीले अन्तत : दोहोरो जिम्मेवारी पाउनेको संख्या ५६ पु¥याइदिएको छ । जसमा केहीले त तेहरो जिम्मेवारी पाउने भाग्यमानी पनि बनेका छन् । तत्कालिन एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएसँगै दुई अध्यक्ष राखेर नयाँ शुरुवात गरेको बताइएको थियो ।

पार्टी एकताकै क्रममा बामदेव गौतमले अध्यक्षहरुको कार्य विभाजन ठोस गरी एउटाले प्रधानमन्त्री र अर्कोले पार्टी चलाउनु पर्ने राय व्यक्त गरे पनि माधव नेपालको मौनताका कारण सो निर्णय हुन नसकेको बताउने गरिन्छ । माधवलाई पेल्दै, झलनाथलाई ठेल्दै र बामदेवलाई पर्गेल्दै आएका अध्यक्ष केपी ओलीले आफू अनूकुलक निर्णय गराउँदै आएको देखिएको छ ।

प्रचण्ड र माधवलाई जसरी पनि ट्«याकमा ल्याएर उनले दोहोरो जिम्मेवारी हात पारेपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा पार्टी इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र ५ नं प्रदेशका मुख्यमन्त्री तथा पार्टी इन्चार्ज शंकर पोखरेलले पाएको दोहोरो जिम्मेवारीका बारेमा प्रश्न उठाइएको थियो । शंकर पोखरेललाई संघको चुनाव लड्न नदिएकाले गरिएको आन्तरिक सहमतिका कारण र पृथ्वी सुब्बालाई बाध्यताको कारण भन्दै आक्रोशलाई मत्थर पारिँदै आइएको थियो ।

प्रधानमन्त्री ओली सहित यी २ भाइका हकमा अपानि (अन्तरपार्टी निर्देशिका) लागू नहुने भनिए पनि त्यसबाहेक कसैलाई पनि दोहोरो जिम्मेवारी नहुने कुरो कडाई पुर्वक भनिदै आइएको थियो । २०७५ जेठ ३ गते पार्टी एकता घोषणा पछि जिल्लातहहरुको एकिकरण गर्न नसकिरहेको पृष्ठभूमिमा नेकपाले २०७६ बैशाख ९ गते भव्य समारोका बीच ७७ जिल्लाका अध्यक्ष र सचिवको घोषणासँगै केन्द्रीय सदस्य समेत रहेका ७ जना जिल्ला अध्यक्ष हुन पुगेका छन् भने ९ जनाले निर्ममतापूर्वक घटुवा भएको ठानेर सचिव पद अस्वीकार गरिहेका छन् ।

सामाजिक संजालसँगै प्रेसविज्ञप्ति मार्फत् उनीहरुका वक्तव्य आइरहेपनि ‘यो बाध्यकारी निर्णय मनाउन पार्टी नेतृत्व लागिपरिरहेकै छ’ ७७ जिल्लाको अध्यक्ष र सचिबको सूचीबाट दोहोरो जिम्मेवारी थपिएका ५३ जनाको नामावली यसप्रकार छ ।

सुदूरपश्चिम

शेरबहादुर कुँवर-अछाम अध्यक्ष, राष्ट्रियसभा सांसद

तारा लामा-कञ्चनपुर सचिव, प्रदेश सचेतक

कालुबहादुर शाही-बाजुरा अध्यक्ष, जगन्नाथ गाउँपालिका अध्यक्ष

प्रेम भट्ट- बैतडी सचिव, प्रदेश सांसद

रतन थापा-कैलाली अध्यक्ष, प्रदेश सांसद

कर्णाली प्रदेश

धुव्र शाही-सुर्खेत अध्यक्ष, प्रतिनिधिसभा सांसद

रवीन्द्र शर्मा-दैलेख अध्यक्ष, प्रतिनिधिसभा सांसद

दल रावल-हुम्ला सचिव, प्रदेश सांसद, सामाजिक विकासमन्त्री कर्णाली प्रदेश

गोपाल शर्मा-रुकुम पश्चिम अध्यक्ष, प्रदेश सांसद

करवीर शाही-जाजरकोट सचिव, प्रदेश सांसद

गोविन्द पुन-सल्यान अध्यक्ष, बनगाड कुपिन्डे नगरपालिका मेयर

प्रदेश ५

शिवराज सुवेदी-रुपन्देही अध्यक्ष, बुटवल उपमहानगरपालिका प्रमुख

दधिराम न्यौपाने- रुपन्देही सचिव, पार्टी केन्द्रीय सदस्य, प्रदेश सांसद, समिति सभापति

आईपी खरेल- बाँके अध्यक्ष, प्रदेश सांसद

चेतनारायण आचार्य-अर्घाखाँची अध्यक्ष, प्रदेश सांसद

ठाकुर विक-अर्घाखाँची सचिव, सन्धिखर्क नगरपालिका उपप्रमुख

मधुकृष्ण पन्त-गुल्मी अध्यक्ष, छत्रकोट गाउँपालिका अध्यक्ष

नारायण आचार्य-पाल्पा अध्यक्ष, प्रदेश सांसद

गण्डकी प्रदेश

कृष्ण थापा,-कास्की अध्यक्ष, प्रतिनिधिसभा सांसद

केदार सिग्देल-तनहुँ अध्यक्ष, प्रतिनिधिसभा सांसद

धनञ्जय दवाडी-लमजुङ सचिव, प्रदेश सांसद

लेखबहादुर थापा- गोरखा अध्यक्ष, प्रदेश सांसद, कृषि तथा सहकारीमन्त्री गण्डकी प्रदेश

पाल्तेन छोयान गुरुङ- मनाङ अध्यक्ष, प्रतिनिधिसभा सांसद

पदम गिरी-पर्वत अध्यक्ष-प्रतिनिधिसभा सांसद

मीनबहादुर गुरुङ- स्याङ्जा सचिव, प्रदेश सांसद

प्रदेश -३

कृष्णभक्त पोखरेल, चितवन सचिव, प्रतिनिधिसभा सदस्य

मनु सिग्देल-मकवानपुर अध्यक्ष, प्रदेश सांसद

भूमि त्रिपाठी-धादिङ जिल्ला अध्यक्ष, प्रतिनिधिसभा सांसद,

शालिकराम जम्मकट्टेल-धादिङ सचिव, प्रदेश सांसद, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रदेश ३

हीरानाथ खतिवडा-नुवाकोट अध्यक्ष, प्रदेश सांसद

नारायण खतिवडा- नुवाकोट सचिव, प्रतिनिधिसभा सांसद,

लेखनाथ दाहाल (राजन)- सिन्धुली अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, प्रदेश सांसद,

राजकाजी महर्जन- ललितपुर सचिव, प्रदेश सांसद

कृष्ण राई-काठमाडौं अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सांसद

हिमाल शर्मा-काठमाडौं सचिव, केन्द्रीय सदस्य

प्रदेश -२

अशोक मण्डल, सप्तरी अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

गोविन्द न्यौपाने, सप्तरी सचिव, प्रदेश सांसद

रामकुमार यादव, सिरहा अध्यक्ष, प्रदेश सांसद

प्रमोदनारायण यादव- सिरहा सचिव, पार्टी केन्द्रीय सदस्य

राजकिशोर यादव-धनुषा अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

श्रवण यादव- धनुषा सचिव, पार्टी केन्द्रीय सदस्य

राजु खड्का-महोत्तरी जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

डाचाराज वाग्ले,-सर्लाही सचिव, पार्टी केन्द्रीय सदस्य

युवराज भट्टराई-रौतहट सचिव, पार्टी केन्द्रीय सदस्य

सुन्दर विश्वकर्मा-बारा सचिव, प्रदेश सांसद, नेकपा दल सचेतक प्रदेश नं १

विनोद ढकाल-मोरङ जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

गोपीबहादुर अछामी-मोरङ जिल्ला सचिव, पार्टी केन्द्रीय सदस्य

राजेन्द्र राई-धनकुटा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य

राम राना- इलाम अध्यक्ष, प्रदेश सांसद

लक्ष्मण तिवारी-तेह्रथुम अध्यक्ष, प्रदेश सांसद

प्रेमकुमार राई-भोजपुर अध्यक्ष, हतुवागढी नगरपालिका अध्यक्ष

मोहनबहादुर खड्का-ओखलढुंगा अध्यक्ष, प्रदेश सांसद

मोहन श्रेष्ठ- ओखलढुंगा सचिव, सिद्धिचरण नगर प्रमुख

प्रदेश नं १

विनोद ढकाल, मोरङ जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य

गोपीबहादुर अछामी, मोरङ जिल्ला सचिव, पार्टी केन्द्रीय सदस्य

राजेन्द्र राई, धनकुटा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य

राम राना, इलाम अध्यक्ष, प्रदेश सांसद

लक्ष्मण तिवारी, तेह्रथुम अध्यक्ष, प्रदेश सांसद

प्रेमकुमार राई, भोजपुर अध्यक्ष, हतुवागढी नगरपालिका अध्यक्ष

मोहनबहादुर खड्का, ओखलढुंगा अध्यक्ष, प्रदेश सांसद

मोहन  श्रेष्ठ, ओखलढुंगा सचिव, सिद्धिचरण नगर प्रमुख

यसैबीच घटुवा भएकाले दोहोरो जिम्मेवारी अस्वीकार गरेको प्रचार गरिरहेका छन् भने पूर्व हैसियतमा रहेका र बढुवा पाएकाहरुले उत्सब मनाई रहेका छन् ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १०:१५ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...