back
CTIZAN AD

विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राखिन् रुपा रानाले

वि.सं.२०७६ वैशाख ११ बुधवार

603 

shares

११ बैशाख, पटना । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् ।

यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहो¥याइन् । कातातर्फको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेकी रानाले कुमितेतर्फ सिनियर उमेर समूहमा अर्को स्वर्ण पदक जितिन् । गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक तथा नेपालका प्रमुख प्रशिक्षक केबी रानाको प्रशिक्षणले खारिएकी रानाको योसँगै स्वर्ण पदकको सङ्ख्या १७ पुगेको छ ।


रुपन्देहीको तिलोत्तमा–६ का सन्तु दङ्गोरिया थारूले पनि अन्तर्राष्ट्रिय कराँतेमा सानदार प्रदर्शन गर्दै व्यक्तिगत खातामा स्वर्ण पदकको सङ्ख्या बढाए । कुमितेतर्फ सिनियर स्पर्धामा भारतका खेलाडीलाई पराजित गरी उनले स्वर्ण पदक हासिल गरे । योसँगै थारूको स्वर्ण पदकको सङ्ख्या १७ पुगेको छ । यसअघि सन् २०१७ मा भारतको दिल्लीमा सम्पन्न च्याम्यिनसिपमा स्वर्ण पदक जितेका उनले फेरि पटनामा पनि भारतीय खेलाडीलाई पराजित गरे । चौध वर्षदेखि मिसन सङ्घमा आबद्ध रहेर सीप निखारिरहेका थारूको भविष्यमा कुशल प्रशिक्षक हुने धोको छ । आमा सनउइको प्रेरणाले कराँते खेल्न थालेका सन्तुलाई अहिलेसम्म कुनै पनि प्रतियोगितामा दोस्रो हुनुपरेको छैन । सन्न् २००४ मा दिल्लीमा भएको च्याम्यिनसिपमा पहिलो स्वर्ण पदक जितेका उनी नेपाली टिमका सिनियर खेलाडी हुन् ।

रुपन्देहीको शङ्करनगर–१ कि १८ वर्षीया शिवानी बस्नेतले पनि भारतमा आयोजित अन्तर्राष्ट्रिय कराँतेमा राम्रो प्रदर्शन गरी स्वर्ण पदक जितिन् । यसअघि भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो छवि बनाएकी उनले स्वर्ण पदकको सङ्ख्या पाँच पु¥याइन् । बाह्र वर्षको उमेरदेखि मिसन सङ्घमा आबद्ध भएर कराँते खेल्न थालेकी शिवानीको भविष्यमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट कराँते खेलाडी बन्ने लक्ष्य छ ।

कास्कीबाट रुपन्देहीको सियारी गाउँपालिका झरेकी २० वर्षीया छिरिङ गुरुङले पनि भारतको पटनामा भएको अन्तर्राष्ट्रिय कराँतेमा उत्कृष्ट प्रदर्शन गर्दै कराँतेका च्याम्पियन बनिन् । नौ वर्षदेखि मिसन सङ्घमा आबद्ध भएर कराँते खेल्न शुरु गरेकी गुरुङले योसँगै दुई वटा स्वर्णपदक जितेकी छन् ।

बिहारको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा सम्पन्न खेलमा नेपालका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरी सबैलाई चकित पारे । “नेपाली खेलाडी राम्रो खेल्छन्”, अल इण्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापा भन्छन्, “नेपालका प्रशिक्षक केबी रानाको प्रशिक्षणले कहिल्यै हार्दैन ।” समूह विजेता बनेपछि खेलाडीले पाटलीपुत्र स्पोट्र्स स्टेडियममा राष्ट्रिय झण्डासहित खुशी मनाउँदा नेपाली खेलाडीप्रति गर्व महसुस भएको मिसन सङ्घका रुपन्देही अध्यक्ष उमेश थापामगरले बताए ।

च्याम्पियनसिपमा नेपालका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै २० स्वर्ण पदक जितेपछि प्रशिक्षक केबी रानाको प्रशिक्षण कलाको चर्चा भयो । भारत, बङ्गलादेश, भुटानका प्रशिक्षकले खेल मैदानमै पुगेर रानालाई बधाई दिँदै उनको प्रशिक्षणको खुलेर प्रशंसा गरे । “ठीक समय, ठीक पोशाक, ठीक ठाउँ नै मेरो मूलमन्त्र हो”, प्रशिक्षक रानाले भने, “जितका लागि खेलाडी स्वस्थ, असल र रामो संस्कार भएको हुनुपर्छ ।”

वि.सं.२०७६ वैशाख ११ बुधवार १६:०३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...