back
CTIZAN AD

अमेरिका -चीन व्यापार वार्ता छिट्टै टुंगिने

वि.सं.२०७६ वैशाख ११ बुधवार

639 

shares

११ बैशाख,वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन अर्को साता चिनियाँ प्रतिनिधिसँग वार्ताका लागि बेइजिङ प्रस्थान गर्ने उल्लेख छ ।

चिनियाँ प्रमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्दै छन् । उक्त वार्ता अप्रिल १० मा शुरु हुनेछ । बेइजिङ वार्तापछि वासिङ्टनमा फेरि आगामी मे ८ देखि अर्को चरणको वार्ता हुने पनि ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार आगामी वार्तामा बौद्धिक सम्पत्ति, जबर्जस्ती प्रविधि हस्तान्तरण, गैरकर अबरोध, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयन समेतका व्यापारसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।

विश्व अर्थतन्त्रमै असर गर्नेगरी अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक चेतावनी दिएका छन् ।

अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ ।

चीनले भने अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १७:३६ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...