back
CTIZAN AD

आठौँ राष्ट्रिय खेलकुद सकियो : नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा

वि.सं.२०७६ वैशाख ११ बुधवार

624 

shares


११ वैशाख, राँझा  । नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा अगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

युवा तथा खेलकद मन्त्री जगतबहादुर विश्वकर्मा पारिवारिक शोकमा परेर अनुपस्थित भएपछि राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । कर्णाली प्रदेशले पनि नवौँ राष्ट्रिय खेलकदूको आयोजना गर्न पाउनुपर्ने माग गरेपनि भौतिक पूर्वाधार र तयारीका आधारमा सो प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरिएको विष्टले बताए ।

“पूर्वाधार बनेको अवस्थामा कर्णालीमा राष्ट्रिय खेलकूद आयोजना गर्न अधिकार दिने विषयमा छलफल भएको थियो, थप प्रस्ताव नआएपछि यसअघि सहमति बनेको गण्डकी प्रदेशलाई आयोजना गर्न दिने निर्णय गरिएको हो”, सदस्य सचिव विष्टले बताए । पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकूदको बेला तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रले आठौँ राष्ट्रिय खेलकूद आयोजनाको दाबी गरेको थियो । तत्कालिन खेलकूद मन्त्री दलजित श्रीपाइलीले जोड गरेर मध्यपश्चिमलाई आठौँ राष्ट्रिय आयोजना गर्न दिने निर्णय गराएका थिए ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १८:२२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...