back

आठौँ राष्ट्रिय खेलकुद सकियो : नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा

वि.सं.२०७६ वैशाख ११ बुधवार

45 

shares


११ वैशाख, राँझा  । नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा अगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

युवा तथा खेलकद मन्त्री जगतबहादुर विश्वकर्मा पारिवारिक शोकमा परेर अनुपस्थित भएपछि राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । कर्णाली प्रदेशले पनि नवौँ राष्ट्रिय खेलकदूको आयोजना गर्न पाउनुपर्ने माग गरेपनि भौतिक पूर्वाधार र तयारीका आधारमा सो प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरिएको विष्टले बताए ।

“पूर्वाधार बनेको अवस्थामा कर्णालीमा राष्ट्रिय खेलकूद आयोजना गर्न अधिकार दिने विषयमा छलफल भएको थियो, थप प्रस्ताव नआएपछि यसअघि सहमति बनेको गण्डकी प्रदेशलाई आयोजना गर्न दिने निर्णय गरिएको हो”, सदस्य सचिव विष्टले बताए । पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकूदको बेला तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रले आठौँ राष्ट्रिय खेलकूद आयोजनाको दाबी गरेको थियो । तत्कालिन खेलकूद मन्त्री दलजित श्रीपाइलीले जोड गरेर मध्यपश्चिमलाई आठौँ राष्ट्रिय आयोजना गर्न दिने निर्णय गराएका थिए ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १८:२२ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...