back

शेयर बजारमा खुशीको खबर : शेयरमा दोहोरो अङ्कले वृद्धि

वि.सं.२०७६ वैशाख ११ बुधवार

39 

shares

११ वैशाख, काठमाडौँ । मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुगेको छ । मङ्गलबार नेप्से ३.७४ विन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो ।

यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० बिन्दुले बढेर २७६.९४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर रु ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन् । जलविद्युत् १०.६८ र उत्पादन उपसमूहको शयेर २।६९ बिन्दुले घट्यो ।

बैङ्किङ २७.२, होटल ६०.११, विकास बैंक ३९.३४, वित्त ३.९५, निर्जीवन बीमा १३.६९, अन्य ४.१६, लघुवित्त ६.०१ र जीवन बीमा ११.४६ बिन्दुले बढेको छ । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको शेयर रु नौ करोड ९४ लाख छ हजार २६९, ग्लोबल आइएमई बैंकको रु सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको रु छ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंक लिमिटेडको रु छ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको रु पाँच करोड ९४ लाख ७८ हजार ४९४ मा खरीद बिक्री भए ।

त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.८८, सहयोगी विकास बैंक लिमिटेड ६.६७, मेगा बैंकका शेयरधनीले ६.०४ ले कमाए । राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४.८६, नेपाल कम्युनिटी विकास बैंक ४.८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४.६८ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १८:३१ मा प्रकाशित

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध...

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी...

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...