back

फ्रान्समा रहेका १२ नेपाली संस्थाले एउटै थलोमा नयाँवर्ष मनाए

वि.सं.२०७६ वैशाख १२ बिहीवार

33 

shares

फ्रान्स । फ्रान्सका १२ वटा नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा यहि अप्रिलको १४ तारिख पेरिसमा भब्यरुपमा नयाँ बर्षको कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी थिए । केहि दिन आगाडीमात्र फ्रान्स आएका नवनियुक्त राजदुत अधिकारीलाइ पनि फ्रान्सवासी नेपालीहरुलाइ पहिलोपटक एकैसाथ भेट्ने अवसर जुटेको थियो ।

अध्यक्ष मल्ल र राजदूत अधिकारीले संयुक्तरुपमा पानसमा दियो बालेपछि नेपाली राष्ट्रिय गानबाट औपचारिकरुपमा कार्यक्रममा सुरुवात गरिएको थियो ।

उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा हालसालै फ्रान्समा स्थापना भएको नेपाली कलाकार समाज (इनास)का कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए । आयोजक संस्थाका अध्यक्षहरुले छोटो मन्तब्य राख्दै संयुक्तरुपमा कार्यक्रम गर्न पाएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि सबै संघ संस्थाहरु मिलेर कामगर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

कार्यक्रम आयोजना गर्ने सस्थाहरु एनआरएनए फ्रान्स, नेपाली संस्कृतिक गृह फ्रान्स, एकता समाज फ्रान्स, पकोफेन फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, म्याग्दी समाज फ्रान्स, गोर्खाली समाज फ्रान्स, प्रवासी नेपाली एकता मंच फ्रान्स, जन सम्पर्क समिति फ्रान्स, इनास फ्रान्स र तामांग समाज फ्रान्स रहेका थिए ।

नवनियुक्त राजदुत दिपक अधिकारीलाइ सबै संघ संस्थाका अध्यक्षहरुले खादा ओढाई स्वागत गरेका थिए । राजदूत अधिकारीले फ्रान्सस्थित नेपाली संघसंस्थाहरुसँग हातेमालो गर्दै अगाडी बढ्ने बताउदै आफूलाई स्वागत गरेकोमा धन्यवाद दिँदै सबैलाई नयाँ बर्षको शुभकामना दिएका थिए ।

सांस्कृतिक कार्यक्रमकै क्रममा इनास फ्रान्सका बिजेताहरु विजय लामा र वर्षा चुडालले नेपाली गीतमार्फत र पुजा अधिकारीले नृत्यमार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए भने कार्यक्रमको अन्ततिर लाइभ कन्सर्टमा “जोमसमै बजारमा” लगायतका गीतहरु घन्किदा हल भरिकै दर्शकहरुलाइ नचाउदै आयोजकहरूले कार्यक्रमको समाप्ति गरेका थिए ।

त्यसैगरी आगामी मे महिनाको १९ तारिख पनि बुद्धजयन्ती कार्यक्रम सबै संघसंस्थाहरुले संयुक्तरुपमा आइफल टावर अगाडी गर्ने निर्णय गरेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १०:०८ मा प्रकाशित

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

न्यूयोर्क । नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३...

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...