back
CTIZAN AD

अरुलाई निच ठान्नेहरु सनातन धर्मका क्यान्सर हुन्

वि.सं.२०७६ वैशाख १२ बिहीवार

675 

shares

ईश्वर अनन्त छ । अविनासी छ । अमुर्त छ तर मुर्त पनि छ । अखण्ड छ तर खण्ड–खण्ड रुपमा पनि छ । निर्गुण छ तर सगुण र अझ गुण प्रकाशक पनि छ । अद्वैत हुँदा हुँदै द्वैत पनि छ । ऊ अज्ञेय छ । अतक्र्य छ । अचिन्त्य छ । समदर्शी र सर्वात्मा छ । सबैमा छ, सबैका निम्ति छ । ऊ सबैको हो, सबैका निम्ति हो । सनातन छ, सत्य छ, चेतन छ र आनन्दमय छ ।

उसमा क्लेश छैन, विरक्ति, वेचैनी, छटपटी, हुटहुटी केही छैन । न माया छ न मत्सरता, न लोभ न लाभेच्छा, न कूटता, न पुटता, न पटुता, न कटुता, न विभेदता, न निरीहता, न कामेच्छा, न क्रोध, न मोह, न ईष्र्या नैस किनकि ऊ त नित्य सत्य, निष्कलंक, सर्वमय, सर्वोन्मुख, सच्चिदानन्द स्वरुप छ । ईश्वरलाई बोलेर, छलफल गरेर, तर्क गरेर जान्न सकिन्न । ऊ वाणी र मनको विषय होइन । ऊ हृदयको विषय हो । हार्दिकताले मात्रै उसलाई पछ्याउन सकिन्छ । हृदयमा मात्रै उसको बास हुन्छ । मष्तिष्कले उसलाई जान्न सकिँदैन किनकि ऊ त आत्मसातको विषय हो अर्थात आत्माको अंशी हो,आत्मा उसको अंश हो ।

देहको विषय संसार हो । श्रीमतिको चन्द्रमुहार र मीठो मादकता युक्त बोली वा श्रीमान्को प्रेमभरि दृष्टि, छोराछोरीको तोते बोली, लचक्क लच्किने कोमलो ओछ्यान, मधूर रसभरि खाना, सुविधायुक्त घर, वातानुकूलित गाडी, प्रियसी वा प्रियतम संगको सुमीष्ठ अधरामृतपान, प्राप्तिको आसा र संग्रहको लालसा– यी सबै देह अर्थात् शरीरका विषय हुन्सदेही अर्थात् शरीरी संग यसको कुनै सम्बन्ध छैन ।
जसरी सुन्तलाको असली स्वाद सुन्तला खानेलाई मात्र थाहा हुन्छ त्यसरी नै वास्तविक ईश्वरीयता ईश्वरत्वको आत्मसात गर्नेलाई मात्र थाहा हुन्छ । यो परम गहन विषय हो । न जात, न पात, न धन, न वर्ग, न त क्षेत्र नैस केवल एउटा निश्चित साधनाश्रितता सहितको अटुट ईश्वरोन्मुखता नै ईश्वरीय आत्मसातताको मुख्य विषय हो । साधनाको ज्ञान दुई प्रकारले हुन्छ–सत्गुरूको कृपाबाट र स्वयंभू ऋतम्भरा प्रज्ञाबाट । यसरी ब्रह्म (ईश्वर) को बारेमा जानेपछि ब्रह्ममय भइन्छ, ब्राह्मण बनिन्छ ।

जात र जन्मका आधारमा दक्षिणा बटुल्दै हिंड्ने, अरूलाई सधै निच ठान्ने र आफूलाई स्वर्गबाट टुप्लुक्क खसेको मान्ने, हाम्रो हाड नै चोखो भनेर समाजमा विभेद र रुढीबुढी जकाइरहनेहरू त यो समाजका कलंक हुन् र सत्य सनातन धर्मका क्यान्सर हुन् । ब्राह्मण त समदर्शी हुन्छ । सर्वप्रिय हुन्छ । सर्वभूतसुहृत् ( सबैको भलो चाहने) हुन्छ । वैदिक र पारमार्थी हुन्छ । कसैलाई विभेद गर्दैन, हेला गर्दैन । अरूको सम्पतिलाई घुरपात संझिन्छ ससबै प्राणीलाई आत्म स्वरुप (आफू समान) संझिन्छ र आफ्नी पत्नी बाहेक अरू सबैमा मातृ भाव राख्छ । सबैको शरीर वीर्य र रजबाट बनेको हो । सबै गर्भमा रगते–गुहे पानीमा डुबेकै हो । सबै दुर्गन्धयुक्त मुत्रमार्ग (योनिमार्ग) बाट बाहिर आएकै हो । सबैको शरीर बोसो, मासु, लादी, लिदी, गिदी, मल र मुत्रबाट नै बनेको हो । यसकारण दैहिक रुपमा सबै समान छन । रह्यो आत्मिक कुरा, त्यो त ईश्वरीय आत्मसातको विषय हो, जसमा सबैको बराबर हक छ भन्ने उच्च भावले ओतप्रोत भई सत्य सनातन परमतत्वको उपासनामा मग्न रहनु र मग्न गराउने काम ब्राह्मणको हो । ब्राह्मण नभई ब्रह्म प्राप्ति हुँदैन वा गर्न सकिँदैन ।

पृथ्वीको हरेक व्यक्ति ब्राह्मण हुन सक्दछ । आफ्नो कर्म, ज्ञान, साधना र त्यागले । यसमा कुनै विभेद छैन । ब्राह्मणत्व र ब्रह्मत्व एकै हो । ब्राह्मणत्व प्राप्त भए पछि ब्रह्मत्व स्वत : प्राप्त हुन्छ । यही हो परमात्मा प्राप्त्यावस्था, परमानन्दावस्था, कैवल्यावस्था, जीवनमुक्तावस्था अर्थात् मुक्त्यावस्था (मुक्तिको अवस्था) । यही हो पूर्वीय दर्शनको मूल सार, खास ध्येय र विशेष टुङ्गो पनि । जुन यही अवस्थालाई प्राप्त गर्न वैदिक शास्त्रमा हजारौं विधि, साधना अर्थात् मार्गहरू प्रणयन भएका छन् । सत् ,चित् र आनन्द अर्थात् सत्य, शिव र कल्याण ( त्चगतज,नययमलभकक ७ दभबगतथ ) नै हो ब्रह्म र त्यही ब्रह्ममा एकाकार हुनु, लीन हुनु वा ब्रह्ममय हुनु नै हो सनातन संस्कृति र वैदिक शास्त्रहरूको मुख्य सार पनि !!!

अब हामीहरूले पनि यसै परम सत्यतालाई हृदयङ्गम गरेर यही महनीयताको प्राप्ति नै परम ध्येय बनाई यो चेतन चोला सफल गराउने तर्फ लाग्ने कि ?

वि.सं.२०७६ वैशाख १२ बिहीवार ११:४० मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...