back
CTIZAN AD

‘एक घर एक धारा’ आयोजना सञ्चालन

वि.सं.२०७६ वैशाख १२ बिहीवार

687 

shares

१२ वैशाख, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकीकृत गरी हरेक घरमा खानेपानी उपलब्ध गराइने भएको छ । उपभोक्ता समितिले आयोजनाको ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न थालेको छ । विभिन्न नौ ठाउँमा ट्याङ्की निर्माण गरी छरिएर रहेका खानेपानीका स्रोतलाई एकीकृत गरी घरघरमा खानेपानी पु¥याउने लक्ष्यसहित आयोजना शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर भण्डारीले जानकारी दिए ।

हरेक ट्याङ्की ३० हजार लिटर क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका चार हजारभन्दा बढीमा शुद्ध खानेपानी उपलब्ध गराइने लक्ष्य छ । गाउँपालिकामार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा अध्यक्ष भण्डारी र प्रदेश सरकारमार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा मित्रलाल सुवेदीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर निर्माण कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १२:०२ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...