back
CTIZAN AD

सामुदायिक विद्यालयप्रति आकर्षण

वि.सं.२०७६ वैशाख १२ बिहीवार

564 

shares

१२ वैशाख, रुकुमपूर्व । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ ।

सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो । प्रशस्त कक्षा कोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्र्थी प्रकाश बस्नेतले बताए । उनले भने, “यस विद्यालयले मलाई शिक्षा मात्र दिएन, एक खेलाडीको रुपमा पनि परिचित गरायो ।”

रुकुमपूर्वको एकमात्र विद्यालय नमुना विद्यालयमा छनोट भएको हो । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा नमूना विद्यालय छनोट गरिएको थियो ।

नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान, सीटीईभीटीबाट मान्यता प्राप्त कृषि जेटीए, कृषि तथा व्यावसायिक धार पढाइ हुने रुक्मिणी मावि जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो । यस विद्यालय जिल्लामै धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय हो । विद्यालयमा अहिले झण्डै १४ सयको हारहारीमा विद्यार्थी सङ्ख्या अध्ययनरत् छन् । यहाँ अध्ययनका निम्ति दाङ, रोल्पा र सल्यानबाट समेत विद्यार्थी आएका छन् ।

सरकारी विद्यालयमा पनि नर्सरीदेखि कक्षा ५ सम्म अङ्गे्रजी माध्यमबाट पढाइ हुन थालेपछि यस विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक हरिबहादुर थापाले बताए । उनका अनुसार अहिले विद्यालयले जिल्लामै पहिलो पटक विद्यालय बस किनेर विद्यार्थीलाई विनाशल्क सेवा दिन थालेपछि विद्यालयप्रतिको आकर्षण झन बढेको हो ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइलाई ठिक उल्टो पार्ने गरी विद्यालयका केही शिक्षक कर्मचारीहरु र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घाम नलाग्दै विद्यालयमा पुग्ने र साँझैसम्म काममा खट्ने गरेको विद्यालयका सहयोगी भुपाल थापाले बताए ।

समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक कृष्ण गौतमको अनुभव छ । विज्ञान र प्रविधिको यस युगमा समयसापेक्ष शिक्षा हासिल गराउने उद्देश्यले विद्यालयमा आवश्यक कम्पुटर पनि उपलब्ध रहेको विद्यालयले जनाएको छ ।
नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ११६ सरकारी तथा ५ वटा संस्थागत विद्यालय रहेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १२:१५ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...