
१३ बैशाख, काठमाडौं । राष्ट्रपतिको सवारीमा सडकमा आधा घण्टासम्म जाम हुनु काठमाण्डौं बासीका लागि कुनै नौलो कुरा होइन।
सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकास समेत खाली गराउँदा दिनभरीको उडान र अवतरण अस्तव्यस्त हुन थालेको छ । बुधबार राष्ट्रपति विद्या भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् ।
राष्ट्रपतिको सवारीका लागि विमानस्थल ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घण्टौ सम्म विमानस्थलमा कुुर्नुपर्यो ।
राष्ट्रपतिको एक उडानले बुधबार उड्नुपर्ने जहाज ‘डिले’ भए, आएका जहाजले आकाशमै चक्कर लगाउनु पर्यो । तर, सिछ्वान एयरलाईन्सको उडान ३यू८७१९ फन्को लगाएर पनि अवतरण गर्न पाएन । चीनको ल्हासाबाट काठमाडौं आइपुगेको जहाजलाई दक्षिण वीरगन्ज पु¥याएर फेरि काठमाडौंको आकाश हुँदै ल्हासा फर्काइयो ।
सो उडानमा भएका यात्रुको विचल्ली भएको छ । किनकि अफ्नो सेड्युलका कारण सो जहाज बिहीबार पनि काठमाडौं आएन । शुक्रबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०७:५६ मा प्रकाशित






























