back

प्रेम गाहा मगरद्धारा एनआरएनए युकेको अध्यक्षमा उम्मेदवारी

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

45 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी १४ र १५ सेप्टेम्बरका दिन हुने निर्वाचनका लागि अध्यक्षमा प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए युकेका उपाध्यक्ष रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रेम गाहा मगरले सोमबार नटिङघममा आयोजित एक कार्यक्रममा आगामी २०१०–०२१ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गुल्मी जिल्ला तम्घासमा जन्मिएका गाहा मगरले आफ्नो विद्यार्थी जीवनमा सन् १९९३ देखि १९९५ सम्म नेपालको राष्ट्रिय बक्सिङ टिममा रहेर मुलुकको नाम चिनाउने मुख्य भूमिका निर्वाह गरेका थिए ।सन् १९९६ मा ब्रिटिस आर्मीमा भर्ना भई १९९७ मा ब्रिटिस आर्मी बक्सिङ टिममा आबद्ध भएर बेलायतमा रहँदा पनि नेपाली (गोर्खाज्) को नाम चिनाउन योगदान दिएका छन् ।

गाहा मगर सन् १९९६ देखि बेलायतको ब्रिटिस आर्मीमा कार्यरत रहेर सन् २००८ मा अवकास लिएका थिए । बेलायतमा रहेका विभिन्न संघ संस्थामा आबद्ध भएर तन मनले समाजसेवामा आफूलाई समर्पित गरेका छन् ।गाहा मगरले आफ्नो अवकास पश्चात सन् २००८ बाट बेलायतमा रहेका युवाहरुको बीचमा सामाजिक काम गर्दै आएका छन् । युवा समूह बेलायतका प्रमुख सल्लाहकार रहेका गाहा मगर सन् २००८ बाट एनआरएनएमा आबद्ध रहेर संस्थामा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

मगरले २०१७–२०१९ अधिवेशनमा प्रत्यक्ष निर्वाचित गराई उपाध्यक्षजस्तो गरिमामय पदमा रहेर काम गर्ने अवसर दिने सम्पूर्ण मतदातामा आभार गर्दै निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार २०१८ मार्च ३१ मा च्यारिटी डिनर विथ बक्सिङ शो आयोजना गरेको बताएका छन् । उनले युवा र अग्रजहरुबीचको दूरी घटाउन तथा युवाहरुलाई एनआरएनको महत्व बुझाउन विभिन्न अभियानहरु पनि सञ्चालन गरेका छन् ।

डब्लूबिए व्ल्ड बक्सर जोन राईटरले व्ल्ड रैंकिंग २,३ बक्सिङ खेलमा प्रेम गाहा मगरकै पहलमा उनले एनआरएनको लोगो अंकित ड्रेस लगाएर खेलेका थिए । व्ल्ड रैंकिंग २ खेल्दा ४ जना गोर्खा सैनिकहरुले उनलाई इस्कोर्ट गरेर रिंगसम्म लगेका थिए ।

जोन राईटर प्रेम गाहा मगरका बिधार्थी हुन् । ४ मे मा अमेरिकाको लस् भेगस्मा हुने डब्लूबिए व्ल्ड रैंकिंग १ बक्सिङ खेलमा जोन राईटरले गोर्खा र एनआरएन अंकित ड्रेस लगाएर खेले खेल्ने र यसले नेपाल र नेपालीलाई (एनआरएन ,गोर्खा) विश्वसामु चिनाउँन थप पहल गर्नेछ ।

गाहा महरकै पहलमा युवाहरु बिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको थियो यस खेलको सबै स्पोन्सर गाहा मगरलेनै गरेका थिए ।

उक्त खेलमार्फत् धेरै युवाहरु बीच भाइचारा बढेको र यसले समाजमा सकारात्मक सन्देश गएको गाहा महरले नेपाल संसारन्युजलाई बताए ।

यसैगरी २०१८ सेप्टेम्बर १ मा समाजले अपाङ्ता भएकाहरुलाई हेर्ने नजर परिर्वतन गर्नका लागि तथा अपाङ्ता भएकाहरु आफैँ पनि केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न मगरको नेतृत्वमा अपाङ्ता सहयोग साँझ सञ्चालन गरिएको थियो । त्यहाँ युद्धमा घाइते २५ जना Great war heroes disable veteran लगायत बेलायतमा रहेका धेरै कला भएका अपाङ्ग व्यक्तिहरु र नेपालका अपाङ्ग कलाकारहरुलाइ सम्मान गरिएको थियो ।

यसैगरी १८ फेब्रअरी २०१९ मा भ्वाइस अफ नेपालका कलाकारसँग बर्मिङघममा च्यारिटी डिनर आयोजना गरिएको थियो । नेपाली संस्कृति जोगाउन र आपतकालिन सहयोगका लागि उक्त कार्यक्रम प्रभावकारी भएको थियो ।त्यस्तै २९ वर्षीय युवक लेख राना मगरको अल्पायुमै भएको निधनमा मगरको अगुवाईमा २२ फेब्रअरी २०१९ मा राना मगरको शव नेपाल लैजान ११७९ पाउण्ड संकलन गरी हस्तान्तरण गरिएको थियो ।

एनआरएन यूकेको हरेक कार्यक्रममा सहभागी हुँदै अध्यक्षले नोमिनेट गरेको हरेक कार्यक्रममा उनले प्रतिनिधित्व गरेका थिए ।मगरले राज्य समन्व्य परिषद् गठन गर्नका लागि वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउन पहल गर्न गाहा मगरले नेपाल र बेलायतमा ज्ञापन पत्र बुझाउन अगुवाई गरेका थिए ।

गाहा मगरले उपाध्यक्षको कार्यकालमा च्यारिटी विभाग प्रमुख भएर संस्थाका कमीकमजोरीलाई नजिकबाट नियाल्ने अवसर पाएको भन्दै संस्थालाई विशुद्ध राजनीतिक, धार्मिक तथा जातीय संस्थाको हितका लागि सबै बेलायतबासी नेपालीलाई समेट्ने गरी नयाँ सोच, दर्शन र जोशका साथ उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

यसै साता नोटिङहाममा सम्पन्न गैरआवासीय नेपाली संघ बेलायतको बैठकले आगामी सेप्टेम्बर १४ र १५ मा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार ११:०९ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...