
१४ बैशाख, सिरहा । जल्दै गरेको अवस्थामा फेला परेकी सिरहा कल्याणपुर ८ की कन्चन मण्डलको शुक्रबार साँझ मृत्यु भएको छ । उपचारका लागि काठमाडौैको साँखु स्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा पुर्याइएकी २० वर्षीया कञ्चनको ५ बजेर ५ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनीमाथि आगो लगाइएको हो वा उनले आत्महत्या गरेकी हुन् भने विषय अझ खुल्न सकेको छैन् ।
उनी बिहिबार कल्याणपुरको आरङ गाउँस्थित मण्डल टोलको आफ्नै घरमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् ।
उद्धारपछि उनलाई तत्कालै मिर्चैयास्थित मंगलम अस्पताल पुर्याईएको थियो । त्यहि प्रारम्भिक उपचारपछि कञ्चनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार एम्बुलेन्स मार्फत् काठमाडौं पठाइएको थियो ।
दिउँसो करिब ३ बजेतिर साँखुस्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएकी उनको उपचारका क्रममा मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताए । उनको शरीरको ४५ प्रतिशत भाग जलिसकेको थियो ।
आगो अरु कसैले लगाएको हो या कन्चन आफैले लगाएकी हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । शनिबारको नयाँपत्रिका दैनिकमा सिरहाबाट मणिलाल बिश्वकर्माले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १४ शनिवार ०७:३३ मा प्रकाशित