back
CTIZAN AD

गाउँपालिका अध्यक्षको बाँडे आफ्नो तलब विपन्नलाई

वि.सं.२०७६ वैशाख १४ शनिवार

681 

shares

१४ वैशाख, दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सात जना व्यक्तिलाई रु एक लाख ८० हजार हस्तान्तरण गरेका थिए । ।

द्वन्द्वपीडित परिवारका जेहेन्दार बालबालिका बालकुमारी खड्का र लक्ष्मी शाहीका छोरालाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले रु ५०/५० हजारका दरले एक लाख रकम, शारीरिक तथा मानसिकरुपमा अशक्त र अपाङ्गता भएका गाउँपालिका वडा नं ३ का कालु खड्कालाई औषधि उपचार खर्चबापत रु १० हजार, दलित तथा जनजाति लोपोन्मुख तथा गरीब परिवार जेहेन्दार बालबालिकामध्ये गाउँपालिका वडा नं ७ का कक्षा १० मा अध्ययनरत मङ्गल विकलाई रु १० हजार, मिर्गौला रोगका लागि उपचारका क्रममा मृत्यु भएका गाउँपालिका वडा नं १ का हस्तराज अधिकारीका छोराछोरीको पठनपाठनका लागि रु २० हजार जिब्रोको क्यान्सर भएका गाउँपालिका वडा नं ७ का पार्वती खत्रीका श्रीमान्को उपचारका लागि रु २० हजार र स्थानीय शिव मन्दिरमा खानेपानी धारा जडान गर्नका लागि रु १० हजार रकम कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष थापाले हस्तान्तरण गरेका हुन् ।

निर्वाचनका बेला आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेसँगै पारिश्रमिक रकमको उचित व्यवस्थापन गरेर कोष निर्माणसँगै विनियोजन बनाउने योजना गरेको भए पनि कोष निर्माणमा केही समय लाग्ने भएपछि तत्कालका लागि आफूले पीडितको छनोट गरेर रकम बाँडेको बताए ।

गाउँपालिका अध्यक्षले आफूले पाएको पारिश्रमिकबाट आफू जस्ता विपन्न वर्गको उत्थानमा सहयोग गरेको भन्दै द्वन्द्वपीडित बालकुमारी खड्काले आँशु झार्दै भनिन्, “हामीजस्ता पीडितका लागि पनि भगवान् हुनुहुँदो रहेछ । सोचेका थिएनौँ यस्ता मनकारी नेता पनि हुँदारहेछन् । ”

वि.सं.२०७६ वैशाख १४ शनिवार १९:२९ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...