back

यतीले एटिआर जहाज ल्यायो

वि.सं.२०७६ वैशाख १४ शनिवार

57 

shares

१४ वैशाख, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौँथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ ।

नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने लक्ष्यका साथ यतीले जहाज थपेको हो । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न थपिएका जहाजले सहयोग पुग्ने एयरलाइन्सको विश्वास छ ।

यति एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले कम्पनीको थप एटीआर ७२ जहाज आगमी मे महीनाभित्रै काठमाडौँ आइसक्ने जानकारी दिए । नयाँ एटीआर एक फ्रान्सेली इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्विन इञ्जिन टर्बोप्रोप विमान हो ।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम जहाज र भगिनी संस्था तारा एअरको दुई वटा डोर्निओर डीओ २२८ र चार वटा ट्विनअर्टर जहाज छन् । कम्पनीले विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । क्षेत्रीय उडान खासगरी दुर्गम भेगमा तारा एयरले आफ्नो वर्चश्व कायम गरेको छ ।

वि.सं.२०७६ वैशाख १४ शनिवार १९:३९ मा प्रकाशित

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सूचीकृत संस्थाहरूलाई लकइन अवधि सकिन ३० दिनअघिनै सूचना दिन सेबोनको निर्देशन

सूचीकृत संस्थाहरूलाई लकइन अवधि सकिन ३० दिनअघिनै सूचना दिन सेबोनको निर्देशन

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संस्थाहरूलाई संस्थापक...

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...