
१५ बैशाख, काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिमा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २६ चैत यता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरुले औषधि पाएका छैनन् ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजोकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको हो ।
तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिले सम्म गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’
सदरमुकाम सिमीकोटबाट ४५ कोस टाढा ताँजाकोट पुग्ने सडक छैन । पैदल जान तीनदिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्याउन सरकारले हेलिकप्टर समेत व्यवस्था गर्न सकेको छैन ।
महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । आइतबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख १५ आइतवार ०७:३३ मा प्रकाशित