back
CTIZAN AD

रुघाखोकीले लियो हुम्लामा नौ को ज्यान, दुई सय विरामी

वि.सं.२०७६ वैशाख १५ आइतवार

495 

shares

१५ बैशाख, काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिमा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २६ चैत यता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरुले औषधि पाएका छैनन् ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजोकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको हो ।
तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिले सम्म गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’
सदरमुकाम सिमीकोटबाट ४५ कोस टाढा ताँजाकोट पुग्ने सडक छैन । पैदल जान तीनदिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्याउन सरकारले हेलिकप्टर समेत व्यवस्था गर्न सकेको छैन ।
महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । आइतबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ वैशाख १५ आइतवार ०७:३३ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...