back

नागरिकताको सिफारिस नपाउँदा आत्महत्या ?

वि.सं.२०७६ वैशाख १५ आइतवार

27 

shares

१५ बैशाख, काठमाडौं । सुनसरीका दुहवी नगरपालिकाका एक युवाले वडा कार्यालयले नागरिकताको सिफारिस नगरीदिएको भन्दै आत्महत्या गरेका छन् । नागरिकता सिफारिस गर्न नमानेपछि दुहवी नगरपालिका ३ का हरि मण्डलले आत्महत्या गरेको परिवारले जनाएको छ ।
उनले पाँचदिन अघि आत्महत्या गरेका हुन् । नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पटक पटक पुगे पनि वडाअध्यक्ष माधब बहादुर भण्डारीले कागजात नपुगेको भन्दै सिफारिस नदिएकाले आवेगमा आएर छोरा हरि मण्डलले आत्महत्या गरेको आमा गीतादेवीले बताइन् ।
मण्डल परिवार तीन पुस्तादेखि दुहबीमा बस्दै आएको छ । ध्रुव मण्डलका जेठा छोरा प्रमोदले २०६३ सालको टोलीबाटै जन्मसिद्धको नागरिकता बनाइसकेका छन् । दाजुको जन्मसिद्ध नागरिकता भएपछि हरिले पनि नागरिकता बनाउन खोजेका थिए । त्यसैका लागि उनले गत १८ चैतमा वडा कार्यालयमा जन्मदर्ता र आफूले अध्ययन गरेको विद्यालयको प्रमाणपत्र सहित नागरिकता सिफारिस गरिदिन निवेदन दिएका थिए । आइतबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ वैशाख १५ आइतवार ०७:४५ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...