
१५ बैशाख, काठमाडौं । बेलायतले विश्वमै पहिलोपटक इन्टरनेटमा अश्लील चलचित्र हेर्ने प्रवृत्ति नियन्त्रण गर्न उमेर परीक्षण गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ । आउँदो १५ जुलाई देखि उक्त नियम लागू हुने अधिकारीहरुले बताएका छन् ।
यो नियम लागू भएपछि व्यवसायिक रुपमा अनलाइन पोर्नोग्राफी उपलब्ध गराउने कम्पनीहरुले अनिवार्य रुपमा अश्लिल सामग्री हेर्न आउने मानिसको उमेर परीक्षण गर्नुपर्नेछ र ती व्यक्ति कम्तिमा १८ वर्ष पुगेको निश्चित गर्नुपर्ने छ ।
७ देखि १७ वर्ष उमेरका सन्तान भएका ब्रिटिश अभिभावक मध्ये ८८ प्रतिशतले बालबालिकाले इन्टरनेटमा अश्लील सामग्री हेर्न नसकून भनेर कडा नियम बनाउनुपर्ने बताएपछि ब्रिटिश सरकारले नयाँ नियम लागू गर्न लागेको हो । आइतबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ वैशाख १५ आइतवार ०७:५९ मा प्रकाशित






























