१५ बैशाख, काठमाडौं । विगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँचगुणा बढेर चालू आर्थिक वर्ष २०७५/०७६ मा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्या)क विभागले प्रक्षेपण गरेको छ ।
आव २०५७÷०५८ मा नेपालीको प्रतिव्यक्ति आय २६० डलर थियो । गत आवमा १००५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा चालू आवमा ३९ अमेरिकी डलर बढेको १०४७ पुग्ने विभागले शुक्रबार प्रक्षेपण गरेको हो ।
तर, राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १०७५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको थियो । हालको सटही अनुसार प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ हुन्छ ।
प्रतिव्यक्ति आय मात्र नभई आर्थिक वउद्धिमा समेत अपेक्षाकउत सुधार हुन सकेको छैन ।
आइतबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ वैशाख १५ आइतवार ०८:१८ मा प्रकाशित