back
CTIZAN AD

राजपुरमा दादुराको महामारी, दादुराको खोप लगाउने तयारी

वि.सं.२०७६ वैशाख १५ आइतवार

663 

shares

१५ बैशाख, लमही । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिए ।

एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो । “लामो समयदेखि गाउँपालिकामा महामारीका रुपमा फैलिएको दादुरा अझै नियन्त्रणमा आउन सकेको छैन”, उनले भने, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञसहितको टोलीले छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।”

शाखाप्रमुख रोकाका अनुसार यही वैशाख १६, १७ र १८ गते वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने छ । वडा नं ४ मा दादुराको सङ्क्रमण देखिएकाले नजीकका बस्तीमा फैलन सक्ने भन्दै वडा नं ३ र ५ मा पनि दादुराविरुद्धको खोप लगाउन लागिएको हो । उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनका डा. पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदीलगायतको टोलीले तयारी गरिरहेको उनले बताए ।

यसअघि पटक–पटक गाउँपालिकामा दादुराविरुद्धको खोप लगाउने अभियान चले पनि उनीहरुले बच्चालाई खोप नलगाउँदा यस्तो समस्या निम्तिएको शाखाप्रमुख रोकाको भनाइ थियो ।

त्यहाँका बालबालिकामा दादुराको लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा उपाध्यायको टोलीले आठ जनाको नमूना सङ्कलन गर्दा दादुरा भएको पुष्टि गरेको थियो । गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्ण खोप सुनिश्चित गाविस थियो । पूर्ण खोपयुक्त गाविस भएको ठहर गरेपछि गरिएको सर्वेक्षणमा सबैले खोप लगाएको भनिए पनि धेरै बालबालिका छुट्नु विडम्बना भएको डा उपाध्यायले बताए ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारीले राजपुरमा दादुरा देखिएकामध्ये अधिकांश खोप नपाएका बालबालिका रहेको बताए ।

वि.सं.२०७६ वैशाख १५ आइतवार ०८:५८ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...