back
CTIZAN AD

विद्यार्थी कम भएपछि तीन विद्यालय गाभिए

वि.सं.२०७६ वैशाख १५ आइतवार

585 

shares

१५ बैशाख, दमौली । विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ ।

वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए ।

उनका अनुसार समायोजन भएका विद्यालयहरुमा तीन कक्षासम्म अध्यापन हुन्थ्यो । उनले भने, “विद्यार्थी सङ्ख्या न्यून भएका र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजीकको विद्यालयमा समायोजन गरिएको छ । नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो ।” समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत् रहने शाखा प्रमुख पौडेलले बताए ।

नगरपालिकाले भिमाद नगरपालिका–७ स्थित पोखरीछाप आधारभूत विद्यालयको दुई माथिल्लो कक्षा हटाएको छ । कक्षा ५ सम्म पढाइ हँुदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाइएकाले अब त्यहाँ कक्षा ३ सम्म पढाइ हुनेछ । नगर क्षेत्रभित्र ६५ सामुदायिक विद्यालय छन् ।

आठ विद्यालयलाई नमूना बनाइने

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आठ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने भएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । नगरपालिका क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । पहिलो चरणमा गाउँफर्कोदय मावि, खैरेनीटार मावि, सरस्वती मावि, जनकल्याण मावि, कुश्मावती आधारभूत विद्यालय, जनशिशु कल्याण आधारभूत विद्यालय, शहीदकृष्ण मावि र सूर्य आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाइने नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

उनका अनुसार ती विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापन सुधार गरिनेछ । नगरपालिकाले चालू आवमा नमूना विद्यालय बनाउन रु ३८ लाख विनियोजन गरेको छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार ०९:०४ मा प्रकाशित

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

काठमाडौँ । दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत...