back
CTIZAN AD

एनआरएनएद्वारा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको सम्मान

वि.सं.२०७६ वैशाख १५ आइतवार

570 

shares


२५ अप्रिल एक समारोहको आयोजना गरी गैरआवासीय नेपाली संघले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि गैरआवासीय नेपाली टोलीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा एक छुट्टै टोलिका रुपमा पहिलो पटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघले पदक विजेता एवं खेलाडीलाई काठमाडौंमा एक सम्मान कार्यक्रमको आयोजना गरेर टोलीलाई सम्मान गरेको छ । संघका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद पुरुस्कार बितरण गरिनुका साथै प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ ले कुल १४ पदक प्राप्त गरेको छ । पहिलो पटक संस्थागत रुपमा सहभागिता जनाएको एनआरएनए टोलीको लन टेनिस, ब्याडमिन्टन, जुडो कराँते, तेक्वान्दो, एथलेटिक्स र पौडी गरी ८ खेलमा १९ जना खेलाडी सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली टोलिका खेलाडीहरुले पौडीमा ५ स्वर्ण, १ रजत, १ कास्य, लन टेनिसमा १ स्वर्ण र २ कास्य, कराँतेमा १ रजत र कास्य, बक्सिङमा १ कास्य तथा जुडोमा १ कास्य पदक प्राप्त गरेका छन् । एनआरएनएले स्वर्ण पदक विजेतालाई १ लाख, रजतलाई ८० हजार र कास्य पदक विजेतालाई ६० हजार तथा सहभागी खेलाडीलाई ५० हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरेको थियो । साथै हरेक खेलका प्रशिक्षकलाई योगदानको मूल्यांकन गर्दै कदर स्वरुप जनही २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष भवन भट्टले नेपालको खेलकुद क्षेत्रको विकासको लागि एनआरएनएले राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायहरुसंग साझेदारको भूमिका निर्वाह गर्न चाहेको बताउनु भयो । विविध कारणले विदेशमा रहेका प्रतिभावान खेलाडी, खेल क्षेत्रका प्रशिक्षक, निर्णायक र व्यवस्थापकहरुको ज्ञान सीप र अनुभव नेपालको खेल क्षेत्रमा उपयोग गर्ने उत्साहजनक कार्य सुरु भएको उहाँले बताउनुभयो । विदेशमा रहेर खेल क्षेत्रमा सक्रिय खेलाडी एवम् खेल अधिकारीहरुले हासिल गरेको विविध ज्ञान, प्रविधि, कौशल र स्रोत नेपालको खेल क्षेत्रमा लगानी गर्ने अवसरका रुपमा लिइएको उनको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष भट्टसहित राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनएका महासचिब डा। बद्री केसी, युवा संयोजक एवं आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनका सेफ दे मिशन सुदन थापा, युरोपका क्षेत्रीय उपसंयोजक गोविन्द गौंतम, आइसिसी सदस्य मनोज गोर्खाली र मुकेश बरुवाल, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए मकाउका अध्यक्ष शान्तीदेवी अधिकारी, एनसिसि केन्याका अध्यक्ष कृष्ण दत्त भट्ट, एनआरएनएका पूर्व सचिव अर्जुन श्रेष्ठ, मध्य पूर्वका पूर्व क्षेत्रीय उपसंयोजक धर्मराज गिरि, एनसिसि युएसएका पूर्व अध्यक्ष खगेन्द्र जिसि, एनसिसि अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, कृषि प्रबर्धन समितिका संयोजक युवराज गुरुङ्ग, मानार्थ परिषद्का सदस्यहरु गोविन्द सुवेदी र सुवाष अधिकारी लगायत अन्य आइसीसी तथा विभन्न मुलुकका एनसीसी प्रतिनिधिहरु, ओलम्पियनहरु, राखेपका पदाधिकारी तथा सदस्यहरु, खेलकुद क्षेत्रसंग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडीहरु एवं संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १०:४० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...