back
CTIZAN AD

शेयर बजारमा २२ अङ्कको वृद्धि, एकै दिन डेढ अर्ब बढीको कारोबार

वि.सं.२०७६ वैशाख १५ आइतवार

612 

shares


१५ वैशाख, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए । पछिल्लो समयमा एकै दिन डेढ अर्ब माथिको कारोवार भएको पहिलो पटक हो । बजार विस्तारसँगै कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ ।

कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेका छन् भने आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ९.०२ र वित्त क्षेत्र ०.६८ विन्दुले घटेका छन् । यस्तै होटल ९०.४, विकास बैंक ६.१, जलविद्युत् ६२.५८, निर्जीवन बीमा ४६२.७९, उत्पादन ४६.३७, अन्य ५.६३, लघुवित्त ९१.०८ र जीवन बीमा ६२९.३८ विन्दुले बढेको छ ।

जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीको शेयर अस्वभाविक तवरले वृद्धि भएपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।

स्टकका अनुसार आज नेपाल बैंकको मात्रै रु २३ करोड १९ लाख ६० हजार ७५० बराबरको कारोवार भएको छ । छिमेकी लघुवित्त विकास बैंकको रु नौ करोड २६ लाख ८३ हजार ४४५, प्राइम बैंक रु सात करोड ७३ लाख ४१ हजार ५२९, नेको इन्स्योरेन्स रु छ करोड २५ लाख ६२ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर तथा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतका दरले कमाएका छन् ।

यस्तै सनराइज बैंक ४.०४, रिलायन्स फाइनान्स ३.१२, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.०८ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १८:१६ मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...