back
CTIZAN AD

ताराखोलाको परीक्षण उत्पादन सफल, छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुने

वि.सं.२०७६ वैशाख १५ आइतवार

546 

shares

१५ वैशाख, बागलुङ। जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ ।

विद्युतीकरणका लागि तार विस्तार, मिटर जडानलगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । “विद्युत्गृहको परीक्षण सफल भयो”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भने, “अब वितरणको काम बाँकी छ ।”

सिभिल र इलेक्ट्रोमेकानिकलतर्फको काम पूरा भएपछि आयोजनाबाट शनिबार परीक्षण उत्पादन गरिएको थियो । रु १८ करोडको लागतमा बन्ने आयोजनाले ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने जनाइएको छ ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ । यस्तै गाउँपालिकाका एक हजार ६९१ जनाले शेयर हालेका छन् । लागत थप बढ्नसक्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका पाँच वटै वडाका दुई हजार २०० घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय विद्युत् पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ ।

“सक्नेले बढी पनि हाल्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भने, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” परीक्षण उत्पादन सफल भए पनि घरघरमा विद्युतीकरण गर्न अझै केही महीना लाग्ने उनको भनाइ छ ।

ग्राहकको घरमा ‘स्मार्ट मिटर’ जडान गर्ने आयोजना व्यवस्थापनको तयारी छ । पहिले सामुदायिक ढाँचाको आयोजना पछि कम्पनीमार्फत अघि बढेको थियो । विसं २०६८ मा निर्माण शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजना पछि धकेलिएको हो ।

कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापनसमेत फेरिएको थियो । केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताए । पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ ।

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा रहेको विद्युत्गृहमा ल्याइएको छ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १८:२५ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...