
१६ बैशाख, काठमाण्डौ । जन्मसिद्ध नागरिकका सन्तानले बंशजको नागरिकता पाउने गरि सरकारले परिपत्र गरेपछि मुलुकले भोग्नुपर्ने बिकरालस्थितीे रोक्न आज काठमाण्डौमा बिरोध प्रदर्शन हुने भएको छ ।
संबिधानमै भएको त्रुटि सच्याउन तथा त्यसमा आधारीत भएर हुन थालेको राष्टघात रोक्न सो प्रदर्शनी आयोजना गरीएको पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराइले बताएका छन ।
सो कार्यक्रममा नेकपा मसाल, माले लगायतका पार्टी, पुष्पलाल अध्ययन समाज, राष्टिय जागरण परीषद, २५ प्लस समुह लगायतका संगठन,सामाजिक संघसंस्था, बिज्ञविशेषज्ञ र राष्ट्रिय जीवनका ब्यक्तित्वहरुको सामुहिक प्रर्दशनि हुने तथा गृह मंत्रालयको परीपत्र खारेजी एवं रास्ट्रघाती नागरिकता बिधेयक फिर्ताको दबाबका लागि आयोजना गरिएकोले देशभक्त नागरीकहरुको उपस्थितीका लागी आयोजकहरुद्धारा अनुरोध गरीएको छ ।
वि.सं.२०७६ वैशाख १६ सोमवार ११:०६ मा प्रकाशित






























