१६ बैशाख, काठमाडौं । तराईमा जन्मसिद्ध नागरिकका सन्तानले बंशजको नागरिकता पाउने गरि सरकारले परिपत्र गरे पछि तराई क्षेत्रमा आएका प्रतिक्रिया र स्थानीय बासिन्दाका अभिब्यक्तीहरु निकै संवेदनशिल देखिएका छन ।
वास्तविक नेपालीले नागरिकता प्राप्त गर्न त नेपाली हुनुपर्ने तर नागरिकता लिन आएका प्राय : सबै भारतीय मुलका अनुहारको जस्तै देखिने, नेपाली नागरिकता पाउन त नेपाली भाषा बोल्न जान्नु पर्ने, नेपाली लेख्न जान्नु पर्ने तर नागरिकता लिन लाईनमा बसेका प्रायलाई नेपाली बोल्न र लेख्ननी नआउने, नागरिकता लिन देश भित्रकै टाढा–टाढा गाउँबाट आएका भए त नेपाली प्लेट लेखिएको सवारी प्लेट लेखिएको हुनु पर्ने तर नागरिकता लिन लाईनमा बसेका नागरिकहरुले भारतीय नम्बर प्लेटका गाडी र मोटर साईकल लिएर आउने गरेको, नागरिकता प्राप्त गर्ने ब्यक्ति नेपाली भए त अफिस खुलेपछि निबेदन दिन आउनु पर्ने तर सिडियो कार्यालयमा अस्वभाविक तवरले बिहान ३ ४ बजे देखि सयौ सयौं मानिसहरु लाईनमा बसी अत्यन्तै खचाखच भीड लाग्ने गरेको घटना अहिले तराई क्षेत्रमा प्रष्ट देखीएको छ ।
सिडिओ कार्यालय जहाँबाट नागरिकता बितरण गरिन्छ, त्यो एरियामा नागरिकता लिन लाईनमा बसेका मानिसको भीडको मोबाईलबाट फोटो खिच्न, भिडियो बनाउन नपाउने स्थितिले जनस्तरमा थप आशंका उत्पन्न गरेको भुक्तभोगी बताउदछन । जब जब बिदेशी मुलका नागरिकले नेपाली नागरिकता पाएका छन,त्यतिबेला सिमावर्ती क्षेत्रका शहरहरुमा घर जग्गाको मूल्य अक्कासिएर जाने गरेको छ । यस अगाडि २०३७, २०५४, २०६३ मा डरलाग्दो हिसाबले घरजग्गाको मुल्यमा बृद्धि भएको थियोे, अन्यथा अरु बेला ती क्षेत्रमा घरजग्गाको मूल्य न्यून हुने र बेच बिखनको कारोबार पनि कम हुने गरेको छ । र अहिले फेरी तराई क्षेत्रमा घरजग्गाको मूल्य बढन थालेको छ ।
यसैगरी तराई सिमा क्षेत्रमा नेपाली नागरिकता लिएर नेपाली सीमा तिरै पेशा ब्यवसाय गरिरहेका वा सीमा पारी भारतीय नागरिकता प्राप्त भारतीय नागरिकहरुको दोहोरो नागरिकता छ । उनीहरु भारत तिर वा नेपाल तिर चुनाब हुदा दुबै तिर मतदान गरि त्यहाँको राजनीतिलाई प्रभाबमा पार्ने गर्दछन । तराई क्षेत्रमा गैह्र नेपालीले नागरिकता प्राप्त गरे पछि त्यहाँका आदिबासी नेपाली अल्पमतमा परेको वा सम्पत्ति बेच बिखन गरि अन्यत्र बसाइँ सराई गर्ने गरेका छन । यसबाट के स्पष्ट छ भने तराई क्षेत्रमा क्रमशः नेपाली भन्दा पनि गैह्रनेपालीको जनसंख्या बढने उनीहरुका सन्तानले बंशजको नागरिकता पाउने र नेपालको राजनीति र प्रशासन ,न्यायालय ,सुरक्षा निकायमा गैह्र नेपालीका सन्तानले बंशजको नागरिकता पाएका आधारमा प्रबेश र नेतृत्व गर्न पाउन सक्ने ढोका खोलिएको छ । यसले भबिष्यमा देशलाई कता लैजाने होला ? सर्बत्र चासो र चिन्ता बढेको छ ।
(प्रेमल खनालको स्टाटसमा आधारीत, जनहितका लागी संप्रेषित)
वि.सं.२०७६ वैशाख १६ सोमवार ११:०९ मा प्रकाशित





























