back

ताप्लेजुङमा सर्वाधिक धन राशीको भलिवल प्रतियोगिता हुने

वि.सं.२०७६ वैशाख १६ सोमवार

33 

shares

१६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाँउपालिकामा नेपालको सर्वाधिक धन राशीको “तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता २०७६” आयोजना हुने भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईको उपस्थितीमा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमलाई नगद तिन लाख एकाउन्न हजार पाँचसय पाँच रुपैया, उप विजेता टिमलाई नगद एक लाख छयहत्तर हजार दुई सय एकाउन्न रुपैया र सेमी फाईनलका उप विजेता टिमहरुलाई जनही पचास हजार रुपैया नगद प्रदान गर्ने र प्रतियोगिताको कुल लागत छत्तिस लाख छपन्न हजार लाग्ने आयोजकले जनाएको छ ।

वैशाख २२ देखि २६ गते सम्म मैवाखोला गाँउपालिका वाड नं ३ साँघु स्थित नारायणी माविको खेल मैदानमा सञ्चालन हुने खेलकोे नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्ला निवासी हाल काठमाडौंमा व्यवसाय गर्ने व्यवसायीहरु वलबहादुर तामाङ्ग, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा पुरस्कार प्रायोजन गरेका छन् ।

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागेको प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख १६ सोमवार १४:५० मा प्रकाशित

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा आइतबार (आज) नेपाल अफगानिस्तानसँग...

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा...

एसीसी यु–१९, नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

एसीसी यु–१९, नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको...

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी...

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...