
१६ बैशाख, काठमाडौं । राष्टिय जनता पार्टी समावेसी नभएको आरोप पार्टी उपाध्यक्ष सत्यनारायण मण्डलले लगाएका छन ।
राजपा सिर्फ ब्राह्मण, यादब र उच्च जातिको पार्टी बनेको मण्डलले बताएका छन् ।
उपाध्यक्ष मण्डलले पार्टीको अध्यक्ष मण्डलदेखि तल सम्मनै पार्टी असमावेशी हुँदा पार्टीको चरीत्रनै गुमेर भिडतन्त्र हावि हुने होकि भन्ने डर रहेको बताएका छन् ।
पार्टीभित्र गुट हाबि भएको मण्डलको आरोप रहेको छ । सन्सारन्युज सँगको कुराकानीमा मण्डलले कुलीनहरुको पार्टी बन्नबाट रोक्न कार्यकर्तालाइ आब्हान समेत गरेका छन् । ‘नेतृत्व समयमै सच्चियोस्, नभए दुर्धटना हुनसक्छ’ उनले चेतावनीका रुपमा भने ।
मधेशको मुद्दालाइ सम्बोधन गराउन मधेशवादी दलका नेताहरुले आ–आफ्ना पदहरु त्याग गरि तुरुन्त सग्राममा जाने गरी एक जुट होउ ।
वि.सं.२०७६ वैशाख १६ सोमवार १४:५५ मा प्रकाशित